श्रीमती माईत गएपछि घिमिरेले गरे नाबालक छोरीको हत्या

प्रहर संवाददाता
प्रहर संवाददाता
१३ माघ २०७७, मंगलवार २२:०७

काठमाडौं – बुबाले आफ्नै छोरीको घाँटी थिचेर दुई वर्षीया छोरीको हत्या गरेका छन् । अर्घाखाँचीको शितगङ्गा नगरपालिका २, झिर्रामा स्थानीय २४ वर्षीय सन्तोष घिमिरेले आफ्नी दुई वर्षीय छोरी सृष्टि घिमिरेको डोरीले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी रामनारायण गुप्ताका अनुसार घरमा बाबुछोरी मात्र भएको अवस्थामा प्लास्टिकको डोरीले घाँटी थिचिएको पाइएको छ । इलाका प्रहरी कार्यालय ठाडाको टोलीले हत्या अभियोगमा घिमिरेलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ । केही समयदेखि श्रीमानसँगको विवादले उनकी श्रीमती माइतमा बस्दै आएकी थिइन् ।