फेसबूकले बनाउँदैछ ‘स्मार्टवाच’

प्रहर संवाददाता
प्रहर संवाददाता
२ फाल्गुन २०७७, आईतवार १५:३३

काठमाडौं– लोकप्रीय सफ्टवेयर फेसबूकले स्मार्टवाचको निर्माण गर्ने भएको छ । रिपोर्टका अनुसार (ह्वाट्सएप, इन्स्टाग्राम, म्यासेन्जर)का माध्यमबाट सन्देश पठाउने सुविधा सहितको फेसबूकले एक स्मार्टवाच निर्माण गरिरहेको छ ।

उक्त स्मार्टवाचमा हेल्थ र फिटनेस फिचर पनि हुने र फेसबूकले गोप्य रुपमा स्मार्टफोनमाथि काम गरिरहेकोले सम्भवतः अर्को वर्ष यसको विक्रीसमेत थालिने समाचार स‌ंस्था द भर्जले जनाएको छ ।

स्मार्टवाच निर्माणसँगै फेसबूक हार्डवयर इकोसिस्टमको हिस्सा बन्ने भएको छ । यसमा पहिलेदेखि भर्चुअल रियालिटी हेडसेट, भिडियो कलिङ डिभाइस, स्मार्ट ग्लास समावेश छन् ।

फेसबूकले स्मार्ट चश्मा निर्माणमा पनि काम गरिरहेको छ । सफ्टवेयरमा निकै अगाडि फेसबूक अब हार्डवेयरमा पनि आफ्नो वर्चश्व बनाउने योजनामा छ ।