गायिका इन्दिरा जोशी २ बर्षदेखि प्रेममा

प्रहर खबर
६ फाल्गुन २०७७, बिहीबार १५:५७

काठमाडौं – आफू प्रेममा नरहेको बताउँदै आइरहेकी चर्चित गायिका इन्दिरा जोशी प्रेम सम्बन्धमा रहेको खुलेको छ । उनले सामाजिक संजाल फेसबुक मार्फ आफु बिगत दुई बर्षा देखी प्रेममा रहेको बताउकी हुन् ।

इन्दिरालाई उनका प्रेमीले मायामा वाचा गर्दै रिङ पनि लगाइदिएका छन् । प्रेम सम्बन्धमा रहेको खुलाएपनि उनले आफ्नो प्रेमिको बारे कुनै परिचय खुलाएकी छैनन ।

इन्दिराले लेखेकी छिन्–‘उनले मलाई म तिम्रो स्टार र तिमी मेरो चन्द्रमा भन्छन् । हामी २ बर्षदेखि एकसाथ छौं र अझै कैयौ बर्ष एकसाथ अगाडि बढ्ने वाचा गरेका छौं । जिन्दगीको अन्तिम श्वास रहेसम्म हामी एकसाथ हुनेछौं ।

बिसं २०४३ मा नवलपरासी जिल्लामा जन्मिएकी जोशी अहिले ३४ बर्षकी भइन् । प्राय जसो अन्तरवार्तामा उनको विवाह र प्रेमको बारेमा प्रश्न उठ्थ्यो । जोसी आफु प्रेममा नरहेको बताउँदै आइरहेकी थिइन् ।

No description available.