
घरेलु मैदानमा पराजित एट्लेटिको शीर्ष स्थानमा यथावत

काठमाडौं – स्पेनिस ला लिगाको शीर्ष क्लब एट्लेटिको मड्रिड पराजित भएको छ। गएराति घरेलु मैदानमा लेभान्टेसँग भएको खेलमा एट्लेटिको २–० को पराजित भएको हो। योसँगै शीर्ष स्थानमा एट्लेटिकोको पकड कमजोर बनेको छ।
लेभान्टेलाई जित दिलाउनको लागि जोसे लुइस मोरालेस र जर्ज डी फ्रुटोसले एकएक गोल गरेका थिए । मोरालेसले खेलको ३०औं र फ्रुटोसले इन्जुरी समयमा गोल गरेको हुन् ।
यस सिजनमा लेभान्टेसँग एट्लेटिको दोस्रो खेल हो । यसअघिको खेलमा एट्लेटिकोले लेभान्टेसँग १–१ को बराबरी खेलेको थियो।पराजित भएपनि एट्लेटिको ५५ अंकका साथ शीर्ष स्थानमा यथावत छ। २३ खेल खेलेको छ ।
अर्को खेलमा रियाल मड्रिडले रियाल भालाडोलिडलाई १–० ले पराजित गर्दै एट्लेटिकोसँगको दुरी तीन अंकमा छोट्याएको छ। २४ खेल खेलेको रियाल
५२ अंक सहित लिगको दोस्रो स्थानमा छ । २२ खेलबाट ४६ अंक जाडेको बार्सिलोना तेस्रो स्थानमा छ।