हेटौंडामा स्थानीय तह शहिद स्मृती मकवानपुर गोल्डकप हुने, विजेताले १० लाख रुपैयाँ पाउने

प्रहर संवाददाता
प्रहर संवाददाता
१० फाल्गुन २०७७, सोमबार १५:४९

हेटौंडा – हेटौंडामा स्थानीय तह शहिद स्मृती मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता तेस्रो संस्करण हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघले पत्रकार सम्मोलन गरी प्रतियोगिता यही फागुन २७ गते देखी शुरु हुने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका ए–डिभिजनका क्लबहरु सहित १० वटा टोलीको सहभागिता रहने आयोजक मकवानपुर फुटबल संघले जनाएको छ । प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नं.१० मा रहेको बनविज्ञान अध्ययन संस्थान (फरेष्टी) को खेलमैदानमा हुनेछ ।

प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडी नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कृत गरिने भएको छ।नकआउटका आधारमा हुने प्रतियोगिता चैत ७ गते सम्म चल्नेछ।

जिल्लाका १० वटै स्थानीय सरकारको आर्थिक सहयोगमा हुने प्रतियोगिताको अनुमानित लागत ९४ लाख ४० हजार ५ सय रहेको प्रतियोगिताका संयोजक तथा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रताप बिष्टले जानकारी दिए ।

यसअघि एन्फा क्यालेन्टर अनुसार प्रतियोगिता गर्न सक्दा पछाडी सार्दा कोरोना भाइरसको संक्रमण कारण प्रतियोगिता स्थगित हुन पुगेको थियो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा २०६४ सालमा राष्ट्रिय फुटबल प्रतियोगिताको पहिलो संस्करण आयोजना गरिएको थियो ।

पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको थियो भने २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो ।