प्रचण्ड-नेपाल समूहले टुङ्गो लगायो ६८ जिल्लाको नेतृत्व, मकवानपुरको अध्यक्षमा सिग्देल, सचिवमा पुलामी(सूचीसहित)

प्रहर संवाददाता
प्रहर संवाददाता
१० फाल्गुन २०७७, सोमबार १६:५२

हेटौंडा – नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको अध्यक्ष र सचिव चयन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपा प्रचण्ड–नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्लाका अध्यक्ष र सचिव चयन गरेको हो ।

मकवानपुरको अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेम बहादुर पुलामी चयन भएका छन् ।बाँकी नौ जिल्लामा पनि छिट्टै नेतृत्व चयन गरिने प्रचण्ड–नेपाल समूहले जनाएको छ । पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन्।

गत माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार जिम्मेवारी दिइएको उक्त समूहले जानकारी दिएको छ।यसअघि प्रचण्ड–नेपाल समूहले पार्टी संगठनभित्र ५०–५० प्रतिशतको अनुपातमा भागवण्डा गर्ने गरी नौबुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।