बसको ठक्करबाट एक महिलाको मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
१० फाल्गुन २०७७, सोमबार १९:३८

काठमाडौं – ललितपुरको जावलाखेलमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार बा २ ख ३५७४ नम्बरको बसले प्र ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको हो ।

ट्राफिक चेकिङ छल्न खोज्दा बसको ठक्करबाट स्कुटर चालक अन्दाजी ३३–३४ वर्षीया महिला घाइते भएकी थिइन्। उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

दुर्घटना हुनेबेलामा जावलाखेलमा ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो। चेकिङको क्रममा स्कुटर भाग्न खोज्दा पछाडिबाट बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।