
मकवानपुर बागमती प्रदेश लिगको सेमिफाइनलमा

हेटौंडा – मकवानपुर जिल्ला लिग विजेता डाँफे युवा क्लब बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मकवानपुर समुहको विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा मंगलबार बिहान भएको समुह चरण अन्तिम खेलमा मकवानपुरले काठमाडौंसंग गोलरहित बराबरी खेल्दै सेमिफाइनल प्रवेश गरेको हो । यसअघि भएको पहिलो खेलमा मकवानपुरले काभ्रे जिल्लाको लिग विजेता आकाश भैरव क्लबलाई ३–१ गोलले पराजित गरेको थियो ।
समुह सि मा एक जित एक बराबरी खेलेको मकवानपुर र काठमाडौंको समान ४४ अंक रहेको छन भने सबै खेलमा हार ब्यहोरेको काभ्रे अंक विहिन रहेको छ । समान ४ अंक जोडेको काठमाडौंलाई गोल संख्याको आधारमा पछि पार्दै मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको हो । काभ्रेमाथि काठमाडौंले २–० गोलको जित निकालेको थियो ।
अब मकवानपुरले समुह ए को विजेतासंग खेल्नेछ । खेल फागुन ११ गते हुने आयोजकले जनाएको छ । हिजो खेलमा जित निकालेको धादिङ समुह बि को बिजेता बन्दै सेमिफाइलमा गरेको थियो ।