कबड्डी ४ बन्ने

प्रहर संवाददाता
प्रहर संवाददाता
१४ फाल्गुन २०७७, शुक्रबार १५:१४

काठमाडौँ – सुपरहिट फिल्म ‘कबड्डी’को चौँथो सिक्वेल पनि निर्माण हुने भएको छ । शुक्रवार निर्देशक रामबाबु गुरुङकोले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् ।

पोस्टरमा फिल्मको उप शीर्षक ‘द फाइनल म्याच’ समेत राखिएको छ । रामबाबुका अनुसार चलचित्रका केही पुराना र केही नयाँ कलाकार हुनेछन् ।  फिल्मको छायाँकन २०७८ वैशाखबाट सुरु गर्ने योजना निर्देशक गुरुङको रहेको छ ।

रामबाबुका अनुसार, यसपटक भने कथाको अन्त्य गर्ने तयारी गरिएको छ । चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन । यसको निर्माणपक्षले दशैंमा चलचित्र रिलिज गर्ने तयारी गरेको वुझिएको छ ।