बोराभित्र युवतीको शव फेला

प्रहर संवाददाता
प्रहर संवाददाता
१७ फाल्गुन २०७७, सोमबार १६:०४

काठमाडौं – गुल्मीको रेसुङ्गा नगरपालिका–३ स्थित भाडगाउँमा सोमबार बिहान बोराभित्र युवतीको शव फेला परेको छ । शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोही गाउँमा गत माघ २९ गते रातिदेखि २१ वर्षीया सम्झना बोहरा बेपत्ता भएकी थिइन् । भेटिएको शव उनकै हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घाँस काटने क्रममा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार बारीको कुनामा टाउको बोरामा राखेर स्याउला र ढुंगाले ढाकेको अवस्थामा युवतीको शव फेला परेको हो ।

शव पहिचानको प्रयास भइरहेको रघटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।