सेनिटाइजर सेवन गर्दा मण्डलको ज्यान गयो

प्रहर संवाददाता
प्रहर संवाददाता
१७ फाल्गुन २०७७, सोमबार १६:३४

काठमाडौं – किटाणु नष्ट गर्न  हातमा लगाइने सेनिटाइजर सेवन गर्ने एक जनाको मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका–४ का ६० वर्षीय दिनेश मण्डलको मृत्यु भएको हो ।

शनिबार श्रीमितसंग सामान्य विवाद हुँदा मण्डलले सेनिटाइजर सेवन गरेका थिए । सेनिटाइजर सेवन गरेपछि मण्डल बिरामी परेका थिए ।

मण्डललाई शनिबार दिउँसो कोसी अस्पताल भर्ना गरिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काकाले जानकारी दिए ।