नेपालमा थप ७३ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

प्रहर खबर
१७ फाल्गुन २०७७, सोमबार १६:४९

हेटौंडा – नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा संक्रमितको संख्या २ लाख ७४ हजार २१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कूल संक्रमितमध्ये २ लाख ७० हजार ४७१ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ६४ जना निको भएका मन्त्रालयले जनाएको छ ।

सोमवार देशभर सक्रिय संक्रमितको संख्या ९६८ रहेका छन् ।कोरोनाले थप ३ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या २ हजार ७७७ पुगेको मन्त्रालयले जनाएको छ ।