हेटौंडा मेयर कप: वडा नं १८ र ५ विजयी

प्रहर संवाददाता
प्रहर संवाददाता
१७ फाल्गुन २०७७, सोमबार २०:३२

हेटौंडा – मकवानपुरको हेटौंडामा जारी मेयर कप फुटबल प्रतियोगिता अन्तरगत आज सोमबार दुई खेल सम्पन्न भएका छन्। आज भएका खेलमा वडा नंं १८ र वडा नं ५ विजयी भएका छन्।

हेटौंडाको हुप्राचौरमा भएको पहिलो खेलमा वडा नं.१८ ले वडा नं.१२ लाई २–१ गोल अन्तरले पराजित भएको हो । वडा नं. लाई जित दिलाउनको लागि बिमल घलान र सुनिल घलानले एक–एक गोल गरे ।

खेलको छैठौँ मिनेटमा बिमल र आठौँ मिनेटमा सुनिलले गोल गरे । वडा नं. १२ का शम्भु पुडासैनीले खेलको ४४ औँ मिनेटमा एक गोल फर्काए ।

खेलका म्यानअफ द म्याच वडा नं. १८ का रोशन लामा घोषित भए ।

त्यस्तै सोमबार भएको दोस्रो खेलमा वडा नं. ५ ले वडा नं. ८ लाई सडनदेथमा पराजित गरेको छ । सडनदेथमा वडा नं.५ ले ८ लाई ७–६ गोल अन्तरले पराजित गरेको हो ।

खेलका तेस्रो मिनेटमा संजिब अर्याले गोल गर्दै वडा नं. ५ लाई अग्रता दिलाए । बिशाल कार्कीले खेलको इन्जुरी समयमा गोल गर्दै वडा नं. ८ लाई ट्राइबे्रकरमा फर्काए । ट्राइबे्रकरमा पनि दुबै टोलीबाट पाँच–पाँच गोलको बराबरी भएपछि खेलको निर्णय सडनदेथबाट गरिएको हो ।

टाइब्रेकरमा वडा नं. ५ का एन्जल महर्जन, सुरज बिष्ट, टिका प्रसाद चौलागाईं, मिलन अर्याल र मनोज बिष्टले गोल गरेका थिए । सडनदेथमा संजय अर्याल र सुमन अर्यालले गोल गर्दै वडा नं. ५ लाई जित दिलाएका हुन् ।

वडा नं. ८ का सरोज मोक्तान, अशोक थापा, बिपन घिमिरे, विशाल कार्की, रमेश उपाध्याय गोल गरेका थिए । सडनदेथमा बिजय बिश्वकर्माले गोल गर्दा निराजन गुरुङको प्रहार बाहिरीएपछि वडा नं.८ पराजित भएको हो ।

खेलको म्यानअफ द म्याच वडा नं.८ का विशाल कार्की घोषित भए ।

जितसंगै दुबै टोली दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार (भोलि) दुई खेल हुनेछ । समुह डि को वडा नं १४ ले ६ संग प्रतिस्पर्धा गर्नेछ भने समुह ए को वडा नं.९ ले १३ संग प्रतिस्पर्धा गर्नेछ ।

१५ गते भएको खेलमा वडा नंं ९ ले वडा नं.१७ लाई ट्राइब्रेकरमा ५–४ गोलले पराजित गर्दै वडा नं. १३ संगको भेट पक्का गरेको थियो ।

नगर खेलकुद विकास समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद दुई लाख रुपैयाँ, उपविजेताले नगद एक लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद दशहजार रुपैयाँ, उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, प्रशिक्षक तथा सर्वाधिक गोलकर्तालाई जनही पाँचरपाँचहजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा १९ वटा टोलीको सहभागिता रहेको छ भने फाइनल खेल फागुन २४ हुनेछ ।