ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
१७ फाल्गुन २०७७, सोमबार २१:२४

धादिङ – धादिङको ज्वालामुखी गाउँपालिका–३ अमराईमा आज भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ ।

ग १ त १०४१ नम्बरको खाली ट्याक्टरले ठक्कर दिँदा विष्णु अधिकारीको ११ वर्षीया छोरी विवेस्ना अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका अधिकारीको धादिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।