वर्षको अन्तिम दिन सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

प्रहर संवाददाता
प्रहर संवाददाता
३१ चैत्र २०७७, मंगलवार ११:२८

काठमाडौं – नेपाली बजारमा यस वर्षकै अन्तिम दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । मंगलवार छापावाल सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, मंगलवार तेजाबी सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन यस्तो सुन प्रति तोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।