मकवानपुरगढी फुट्सलको उपाधि सौजन्यलाई

प्रहर संवाददाता
प्रहर संवाददाता
२ बैशाख २०७८, बिहीबार ११:३२

हेटौंडा – तेश्रो संस्करणको मकवानपुरगढी गाउँपालिका रनिङ्गसिल्ड फुट्सल प्रतियोगिताको उपाधि सौजन्य युवा क्लबले जितेको छ । बुधबार भएको फाइनल खेलमा प्रतिभा युवा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मा रहेको भानु मिनि पिचमा भएको फाइनल खेलमा प्रतिभालाई पेनाल्टी सुटआउटमा २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

सौजन्यले लगातार दोस्रो पटक उपाधि हात पारेको हो । यसअघि भएको प्रतियोगिता सौजन्यले आयोजक गढी स्टार स्पोर्टस् क्बललाई पराजित गर्दै उपाधि जितेको थियो ।

May be an image of 12 people, including Bikram Lama and people standing

आयोजक गढी स्टार स्पोर्टस् क्बल प्रतियोगिताको तेस्रो स्थान हासिल गरेको छ । बुधबार बिहान नै भएको खेलमा आयोजकले वडा नं ५ लाई ५–२ गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

प्रतियोगिताको विजेता सौजन्यले ट्रफि सहित ५० हजार हात पारेको छ भने उपविजेता प्रतिभाले ३५ हजारमै चित्त बुझाएको छ । त्यस्तै तेस्रो स्थान हासिल गरेको गढी स्टारले नगद २० हजार हात पा¥यो ।

फाइनल खेलमा पहिलो गोल गर्ने सौजन्यका मिलन गोले खेलाडीले नगद ३ हजार पुरस्कार हात पारेका थिए । खेलका विभिन्न बिधामा उत्कृष्ट खेलाडीहरुलाई युवा ब्यवसायी बिक्रम योन्जन र उत्तम अधिकारी लगायतले नगद ३–३ हजार प्रदान गरेका थिए । प्रतियोगितामा ४२ गोल गर्दै सौजन्यका सुजत भोम्जन सर्वाधिक गोलकर्ता घोषित भए ।

प्रतियोगितामा प्रथप, द्वतिय, तृतिय विधागत उत्कृष्ट हुने टोली तथा खेलाडीलाई मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुँमागाईंले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । प्रतियोगिताको मुख्य प्रायोजन मकवानपुरगढी गाउँपालिकाले गरेको थियो । गत चैत्र २८ गतेबाट शुरु भएको प्रतियोगितामा गाउँपालिका भरिका १५ वटा टोलीको सहभागिता रहेको थियो ।