त्रिविका सबै परीक्षा अनिश्चितकालका लागि स्थगित

प्रहर संवाददाता
प्रहर संवाददाता
१३ बैशाख २०७८, सोमबार १६:०५

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूको परीक्षा स्थगन गर्ने निर्णय गरेको छ।

त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको सोमबार बसेको बैठकले नोबेल कोरोनाभाइरस (कोभिड–१९) महामारीका कारण परीक्षाहरू सञ्चालन गर्न सक्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।

समितिले स्नातक र स्नातकोत्तर तहका वार्षिक तथा सेमेस्टर प्रणालीबाट लिइने सबै परीक्षा १४ वैशाखदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले आइतबार भौतिक रूपमा हुने सबै शैक्षिक गतिविधि स्थगित गर्ने निर्णय गरेको थियो।

हिमालखबरबाट