आईसीसी टी–२० ब्याटिङ वरियतामा कुशल भुर्तेलको छलाङ

प्रहर संवाददाता
प्रहर संवाददाता
१५ बैशाख २०७८, बुधबार १६:१२

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नयाँ टी–२० ब्याटिङ वरियता सार्वजनिक गरेको छ।आईसीसीको नयाँ टी–२० ब्याटिङ वरियता अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले छलाङ मारेका छन्।

घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कुशल भुर्तेल ब्याटिङ वरियतामा ६१ औँ स्थानमा रहेका छन् । उनले ३२ स्थान सुधार गर्दै ६१औँ स्थानमा उक्लिएका हुन्। उनको रेटिङ ४ सय ४२ रहेको छ। उनी यसअघि ९३औं स्थानमा रहेका थिए।

कुशलले मलेसिया र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक टी–२० सिरिजमा सर्वाधिक रन बनाउँदै प्लेयर अफ दि सिरिज चुनिएका थिए । उनले त्रिकोणात्मक टी–२० सिरिजमा २ सय ७८ रन बनाएका थिए । सिरिजको पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौं खेलमा क्रमशः ६२, ६१, ६२, १६ र ७७ रनको बनाएका थिए।

एकै सिरिजमा चार अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी समेत बनेका कुशलले डेब्यु खेलपछि लगातार तीन टी–ट्वान्टी अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका थिए ।

त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्वकप्तान पारस खड्काको वरियता भने खस्किएको छ । कुनै समयमा आईसीसीको टी–२० ब्याटिङ वरियता ६२ औं स्थानमा रहेका पारस अहिले ८८ औँ स्थानमा रहेका छन् ।

त्यसैगरी आईसीसीको नयाँ टी–२० ब्याटिङ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल पनि समावेश भएका छन्। उनी नयाँ वरियताको ९४ औँ स्थानमा रहेका छन्।

वरियताको शीर्ष स्थानमा इंग्ल्याण्डका डेविड मलान रहेका छन् । वरियताको दोस्रो स्थानमा अष्टेलियाका आरोन फिन्च र पाकिस्तान टिमका कप्तान बाबर आजम तेस्रो स्थानमा रहेका छन् ।आईसीसीले टी–२० ब्याटिङ वरियतामा १०० जना खेलाडीको नाम सार्बजनिक गर्ने गरेको छ ।

पुरा बरियता तालिका हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।

टप–१० समावेश भएका खेलाडीहरुः– 

May be an image of ‎text that says '‎MRF TYRES RANKINGS MICC MEN'S T20I BATTING RANKINGS RANK 1 PLAYER [-] DAWID MALAN RATING AARON FINCH [-1] 892 4 BABAR AZAM 830 [-] 5 DEVON CONWAY [-] 828 O 6 VIRAT KOHLI [-] 774 7 [-] RASSIE VAN DER DUSSEN 762 • 8 KL RAHUL 756 [-] و GLENN MAXWELL [-] 743 10 MARTIN GUPTILL [+5] 694 ICC-CRICKET.COM 688 MOHAMMAD RIZWAN 640 #ICC‎'‎