क्यानद्वारा सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय

प्रहर संवाददाता
प्रहर संवाददाता
१७ बैशाख २०७८, शुक्रबार १७:११

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित गरेको छ । क्यानले शुक्रबार एक सूचना जारी गर्दै कोराना भाईरसलाई मध्ये नजर गर्दै अर्को सूचना नआएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको हो ।

अर्को सुचना जारी नभएसम्म क्यानबाट प्रस्तावित राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएको सिरिजहरु तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

जारी सूचना सुचनामा अन्तराष्ट्रिय क्रिकेट बोर्ड आइसीसीको प्रावधान अनुसार क्यान लगायत क्रिकेट एकेडेमी, क्लब तथा विभिन्न संघसंस्थाबाट आयोजना गरिने प्रतियोगिताको कार्यविधि समेत तयार गर्न लागेको जानकारी दिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)द्वारा जारी सुचना

May be an image of text