लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

प्रहर संवाददाता
प्रहर संवाददाता
१९ बैशाख २०७८, आईतवार १०:१३

काठमाडौँ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । संसदीय दलको आइतबार बिहान बसेको बैठकमा उनले राजीनामा दिएका हुन् ।

यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ । दुई दलको सरकार भएकाले अब ठूलो दलको हैसियतमा पुनस् मुख्यमन्त्री नियुक्त हुने र एक महिनाभित्र विश्वासको मत लिने उनले बताएका छन् ।

जसपाका चार सांसद कारबाहीमा परेपछि प्रदेशसभामा सत्तारूढ एमालेको एकल बहुमत छ । नेकपा एमालेका मुख्य सचेतक भूमीश्वर ढकालले मुख्यमन्त्रीले राजीनामा दिएको बताए ।

पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।