मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत(स्वीकृत पत्रसहित)

प्रहर संवाददाता
प्रहर संवाददाता
१९ बैशाख २०७८, आईतवार १०:२२

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आइतबार बिहान प्राप्त राजीनामा स्वीकृत गरेका हुन् ।

संविधान बमोजिम अर्को सरकार नबन्दासम्म मौजुदा मन्त्रिपरिषद्लाई नै मन्त्रिपरिषद्को कार्यभार सम्हाल्न आग्रह गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जीवी पौडेलले बताए ।

राजीनामा स्वीकृत पत्र