अन्तर्वार्ता

एमालेमा २१ बर्ष राजनीति, हात लाग्यो शुन्यः लोप्चन

प्रहर संवाददाता
प्रहर संवाददाता
२० बैशाख २०७८, सोमबार १९:३९

देशमा अहिले कोरोनासंगै राजनीतिको चपेटामा परेको छ । झन यस्तो गर्मीको समयमा राजनीति पार्टीको राजनितिक माहोलले बोलबोलमा ज्वाला मुखी विष्फोटको तापमान आभाष दिलाउँछ । विशेष त दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबिचको एकतापछि ब्युँतिएको एमाले र माओवादी केन्द्रको कारण । त्यसमा पनि राजनीतिक पार्टीहरुबिच भन्दा पनि पार्टी भित्रै भएको गुटउपगुटको राजनीतिले नेपालमा भुकम्पनै पैदा गरेको आभाष दिलाउँछ । त्यो भुकम्प केन्द्रीय राजनीतिमा जस्तै जिल्ला तहमा समेत उत्तिकै रहेको छ । यो नेपाली राजनीतिक पार्टीको सस्कृतीकै रुपमा लिन थालेका छन् जनताहरुले । त्यही संस्कृतीको कारण लामो समय देखी राजनितिमा लागेका युवाहरु अलमलमा परेका छन् भने गुटको भागबडा र तानातानले झन अबको राजनीतिको भबिष्य अन्योलमा परेको देखिन्छ । पछिल्लोे समयमा नेकपा एमाले देखिएको समस्या र नेतृत्व तहबाट चालिएको कदम तथा निर्णयको कारण युवा नेताहरुमा परेको असरको विषयमा केन्द्रीत रहदै प्रहरखबर डटकमका संजिब रसाईलीले नेकपा एमाले खेलकुद महासंघ मकवानपुरका निवर्तमान सह–सचिव तथा शारिरीक सुगठन मकवानपुरका संयोजक सुनिल लोप्चनसंग गरिएको कुराकानीको सम्पादित अंशहरुः–

तपाईको राजनीतिसंगै खेलकुदमा पनि ठुलो योगदान रहेको छ । मानिसलाई किन खेलकुद आवश्यक छ ?
उखानै छ नी “स्वास्थ्यको लागि खेलकूद“ । तर, अहिले “स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद“ पनि भन्छिन । मानिसको स्वास्थ्य जिवनको लागि खेलकुद अपरिहार्य बनिसकेको छ । खेल्न नसक्नेलाई मनोरन्ञको दृष्टिकोणले पनि निकै आवश्यक रहेको छ । यो खेलकुद प्रतिको माया र खेलाडीको लागि हौसला पनि हो । जसले गर्दा खेलाडीको खेल प्रर्दशनमा समेत विकासमा ठुलो भुमिका रहन्छ ।

तपाईको राजनीतिक यात्रा कहाँ र कहिले शुरु भयो ?
मैले राजनीति मकवानपुर बहुमुखी क्याम्पसमा पढ्दै गर्दा १६ बर्षको उमेरमा शुरु गरे । त्यो बेलामा क्याम्पसमा पढ्दै गर्दा २०५६ सालको चुनाव चल्दै थियो । त्यो बेलामा चुनावको क्रममा बुथकब्जा गर्ने चलन थियो । बुथकब्जा हुनबाट जोगाउँन पार्टीको प्रतिनिधिको रुपमा मकवानपुरका उत्तरी क्षेत्रमा गएको थिए । त्यती बेला स्वर्गीय विर बहादुर लामा चुनावमा उठ्नु भएको थियो । त्यो समय देखी नेकपा एमालेको विभिन्न राजनिति क्रियाकलापहरुमा सहभागि हुँदै कतिपय ठाउँमा सुरक्षा कवचको रुपमा काम गर्दै आएको आएको छु । त्यो शब्दमा समेट्न गाह्रै पर्छ । राजनीति यात्राको हिसाब गर्ने नै हो भने अहिले राजनितिमा प्रवेश गरेको २४–२५ बर्ष भयो ।

तपाईले १६ बर्षको उमेरमा राजनीति गर्न नेकपा एमाले नै किन छान्नु भयो ?
शुरुमा राजनीति गर्दा साथीभाईको लहीलहीमा लागे । पछि अग्रज दाजुहरुसंग बुझ्दै जाँदा मुलुकको सकारात्मक परिवार्तनको लागि राजनीति आवश्यक हुने रहेछ । त्यसमा पनि कम्युनिष्ट बिचारधारा उपयुक्त लागेर हो । त्यती बेला पार्टीको विद्यार्थी संगठन भएपनि त्यती अहिलेको जस्तो बृहत रुपमा थिएन । आफु भन्दा अग्रजहरुको नेतृत्वमा हातेमालो गर्दै अगाडी बढेको थिए ।

नेपालमा राजनीतिमा प्रवेश गरेकाहरुले विभिन्न स्वार्थ लुटेका छन् । तपाईले २४–२५ बर्ष राजनीतिमा लागेर के पाउँनुभयो ?
सेवा गरे मेवा मिल्छ भन्ने उखानै छ । मैले राजनीतिमा लागेर के पाउँछु भनेर भन्दा पनि ज्ञान गुनका कुराहरु सिकिन्छ, जानिन्छ भनेर लागेको हुँ । पार्टीलाई लामो समय प¥याएको योगदानलाई कदर गर्दै देश र जनताको लागि कुनै नेतृत्व दिन्छ भने त्यो आफ्नो ठाउँमा छ । पार्टीबाट स्वार्थ लुट्ने उदेश्य चाही होइन । तर, योगदानको मुल्याङ्कन पार्टीले गर्न सकेको छैन ।

प्रायः युवाहरु राजनीतिमा ठेक्का पट्टाको हातपार्ने उदेश्यले लागेको पनि पाउँन सकिन्छ । ठेक्का पट्टा नपाउनु भएको कारणले पार्टी केही दिएन भन्नु भएको हो ?
ठेक्का पट्टामै पेशा हो मेरो । तर, आज सम्म कुनै पनि नेताहरुसंग ठेक्कापट्टा पारिदिनु प¥यो भनेर हात फैलाउन गएको छैन । आज पनि ठेक्का पट्टा माग्न जादिन भोली पनि माग्न जादिन । हामी युवाहरुले उल्टै नेताहरुको सुरक्षाको लागि ढाल, सुरक्षा कवच, कती ठाउँमा जुदेर, पिटाइखाएको अवस्था चाहि छ ।

नेताहरुको लागि ज्यानै त्याग गर्दा पनि हेरेनन् भन्न खोज्नु भएको हो ?
एक हिसाबमा हो । हामी नेताहरुको लागि कती ढाल बनेर हिड्ने ? कुनै पद वा अवसर आउँदा फलानोले यस्तो दुख गरेको छ हैँ योगदान दिएको छ हैँ भनेर हाम्रा नेताहरुले मुल्याङ्कन गर्न सकेको छैन । यत्रो बर्ष पार्टीमा लागे योगदान दिए, आजसम्म पद र अवसर आउँदा न नेताले सोध्यो, न पार्टीले नै सोध्यो । सधै गुलाम मात्रै बनायो । म एउटा प्रतिनिधि पात्र मात्रै हुँ । म जस्तो धेरै छन् पार्टीमा योगदान दिएर अवसर नपाउँनेहरु । पार्टीका नेतृत्वकर्ताहरुले पैसा हुने र आफन्तलाई मात्र स्थान दिने अगाडी बढाउने र अवसर दिने काम ग¥यो । पार्टीको सिद्धान्तलाई लत्याएर ब्यक्तिगत स्वार्थ प्रयोग गरिरहेको छ ।

पार्टीमा गुटको राजनीतिले पहिले देखीनै नेतृत्व हस्तान्तरणण प्रभावकारी हुन सकेको थिएन । झन अहिले गुटमाथि पनि उपगुट निस्किन थालेको छ । एउटै पार्टीमा पनि अस्वस्थ राजनीति हुन थालेको छ । पार्टीको भबिष्य धरासाही बन्दै गएको छ । पार्टीको सिद्धान्त, पार्टीमाथि रहेको जनताको आस्था घट्दै गएको देखिन्छ । यो समस्या नेपालको सबै राजनीति पार्टीमा रहेको छ । यस्तो खालको राजनीति अन्त्य गर्नु पर्छ ।

पार्टीले युवाहरुको लागि के–के गर्दे हुन्थ्यो जस्तो लाग्छ ?
नेपालको प्रमुख चुनौतीको रुपमा रहेको बेरोजगारी समस्या समाधन गर्नको लागि विभिन्न रोजगारी मुलक कार्यक्रमहरु संचालन गर्नुपर्छ । धेरै केही कुरा सोच्नु भन्दा पनि कृषी प्रधान देश नेपाललाई कसरी आत्मर्निभर बनाउँने भन्ने बिषममा सोच्ने हो भने पनि बेरोजारीको समस्या समाधान गर्न सकिन्छ । कृषि प्रधान देश भन्दै गर्दा अधिकांश दैनिक प्रयोग हुने अबौँ मुल्य बराबरको तरकारीहरु, खाद्यन्यहरु अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था छ ।

सरकारले युवाहरुको लागि ल्याएको कार्यक्रमहरु अस्पष्ट र सरकारी झनझट भएको कारणले ग्रामीण भेगका लक्षीत युवाहरुले भन्दा पनि अन्यले नै फाइदा उठाइरहेकोले यस्ता कुराहरुलाई स्थानीय स्तरका राजनितिक नेतृत्वकर्ताहरुले ध्यान पु¥याउनु आवश्यक छ । अब पहिले जस्तो ढुङ्गा मुढा गरेर परिवर्तन ल्याउनु पर्ने अवस्था छैन । देशको मुल कानुन संविधान बनिसकेको छ । अब स्वच्छ राजनीतिसंगै समृद्धीको लागि ब्यवसाय पनि अतिआवश्यक रहेको छ । यस्ता कुराहरुलाई ध्यान दिने हो भने पार्टी युवाहरुबिचको सम्बन्ध राम्रो बन्न सक्छ ।

पार्टीले युवाहरुलाई चुनाव र सभासम्मेलनमा मात्रै प्रयोग ग¥यो भन्न खोज्नु भएको हो ?
अन्य युवारुको बुझाई के छ कस्तो त्यो थाहा भएन । मेरो बिचारमा नेपाली राजनितिको अभ्यास नै युवाको प्रयोग चुनाव र सभा, सम्मेलन, शक्ति प्रर्दशनमा मात्रै हो ।

नेकपा एमालेको पछिल्लो राजनीतिक गतिविधिले तपाईलाई राजनीति गर्न मन लागेको छ, यसलाई कसरी बिश्लेषण गर्नु हुन्छ ?
पार्टीको नेतृत्व तहको अहमताको कारणले गर्दा राजनीतिमा लागेको युवाहरुलाई राजनीतिलाई निरन्तरता दिने भन्दा पनि अन्य पार्टीमा प्रवेश गर्ने कोही राजनीतिबाट बिदा लिएर बसेको अवस्था रहेको छ । एमालेका नेतृत्वमा रहेका नेताहरुले युवाहरुलाई राजनिति गर्ने बातावरण बनाउन सकेको छैन । युवाहरुलाई राजनीति गर्ने नेतृत्वकर्ताहरुले बातावरण बनाईदिनु पर्छ । नत्र राजनीति गर्ने अवस्था न्युन हुँदै जान्छ ।

अहिले पछिल्लो नेकपा एमाले पार्टीको युवा नेतृत्वको बिश्लेषण गर्ने हो भने नेताहरुको पछि लागेकाहरुले मात्रै अवसर पाएको देखिन्छ । पार्टी साझा चौतारी हो । चौतारीमा आफैले फोहोर गरे आफैले सफा गरेको नाटक गरेर चौतारीको संरक्षणमा ठुलो योगदान गरेको भन्दै हिड्नेलाई नेतृत्व हस्तान्तरण गर्ने होइन । चौतारीमा कहिले फोहोर हुन नदिनेलाई संगठनको नेतृत्व हस्तान्तरण गर्नुपर्छ । त्यो पार्टीको नेतृत्वको बुझ्नु पर्छ ।

पार्टी एकता र एकता हुनु भन्दा पहिले तपाई पार्टीका जिल्ला सदस्यमा हुनुहुन्न थियो । अहिले हुनुहुन्छ । अहिले जिल्ला सदस्य बस्न योग्य हुने र पहिले किन योग्य हुनु भएन ? अहिले सुनिल लोप्चन आवश्यक छ भनेर स्वार्थको राजनीतिमा ग्रिपमा लिएको जस्तो लाग्दैन तपाईलाई ?
ग्रिपमा पर्न खोजेको पनि हो । पारेको पनि हो । मलाई यसमा असन्तुष्टि छ । अहिले कोही नहुँदा सुनील अन्त गुटमा जालाकि भन्ने डरले साथीहरुले मलाई जिल्ला सदस्यमा लगेका हुन् ।

अब तपाई राजनीति उदेश्य र राजनीति गरेर कहाँ सम्म पुग्छु भन्ने लक्ष्य छ ?
राजनीति एउँटा संर्घष हो । संर्घष गर्दै जाने हो । कहाँ सम्म पुगीन्छ । तर, अहिले संर्घष, योगदानको मुल्याङ्गन नभएर नजिक र टाडाको मुल्याङ्कन हुने भएकोले लक्ष्य र उदेश्य नै अनिश्चित भएको छ । अब राजनीतिको मैदानमा उत्रेपछि लक्ष्य भनेको नेपालमा स्वच्छ राजनीति भित्राउने लक्ष्य हो । ताकी राजनीतिकर्ताको मुल्याङ्कन गर्दा नजिक टाडा होइन, नेकपामा एमालेमा संर्घष र योगदानको कदर पनि हुन्छ भनेर ।

राजनीति गर्न साम, दाम दण्डभेद आवश्यक पर्छ, के तपाईलाई राजनीति फोहोरी खेल भन्न खोज्नु भएको हो ?
मान्ने मानिसहरुको बुझाईमा यो फोहोरी खेलको रुपमा पनि लिन सकिन्छ । किनकी संबृद्धीको नारा बोक्ने अनि काम नगरेपछि भन्नु स्वभाबिकै हो । जुन केही हदमा पछिल्लो राजनीतिक अभ्यास उतारचढाबले देखाउँछ पनी । तर, राजनीति देशको समृद्धी, बिकास, परिवर्तनसंगै, आर्थिक विकासको प्रतिक रहेको विश्वका अन्य मुलुकको अभ्यासले पनि देखाउँछ । त्यो आ–आफ्नो बुझाईमा पनि भर पर्ने कुरा हो । तर, देश विकासको लागि चाहि देशभक्ति राजनीति आवश्यक पर्छ ।

अन्तमा हामीले छुटाएको तपाई भन्न मन लागेको केही कुराहरु छन् ?
पार्टीको सिद्धान्त एउटै, लक्ष्य एउटै छ । पार्टीमा देखीएको गुटले पार्टीको सिद्धान्त फरक–फरक बनाउने परिभाषालाई अन्त्य गरौँ । पार्टीमा गुट, उपगुट भन्दा निर्माण गरेर युवाको जमघट गरेर पार्टीका विभिन्न तहतप्काको नेतृत्व लिने भन्दा पनि योगदान, संर्घष, क्षमताको अध्ययन र मुल्याङ्कन गरिनु पर्छ नेतृत्वहरुले । पछिल्लो समय नेकपा एमाले मकवानपुरमा क्षमतावान, भरपर्दो नेतृत्वहरु हुनुुहुन्छ । केही स–साना कुराहरुमा ब्यक्तिको निर्णयहरु हाबी भएको देखिन्छ । त्यस्ता ब्यक्तिगत निर्णयहरुको अन्त्य हुनुपर्छ । अन्यमा मेरो सुझाब देश र पार्टी पैसा र फेसबुक स्टाटसले होइन, क्षमता र योगदानको लामो अनुभवले बन्छ । धन्यवाद !