पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
२१ बैशाख २०७८, मंगलवार १०:०९

हेटौंडा – पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । झापा शिवसताक्षी नगरपालिका ८ डुडामारी का २८ बर्षीय जिवन थाम्सुहाङ पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

सोमबार बेलुका साढे ५ बजे शिवसताक्षी नगरपालिका १० स्थित माईखोलामा जिवन साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए । उनी बेपत्ता भएको खबर प्राप्त हुन साथ प्रहरीले खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाँउबाट अन्दाजी ५०० मिटर दक्षिण मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।