प्रमुख जिल्ला अधिकारीलाई कोरोना संक्रमण

प्रहर संवाददाता
प्रहर संवाददाता
२१ बैशाख २०७८, मंगलवार १२:१८

काठमाडौं – ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आइसोलेशनबाट उनले आफुलाई कोरोना संक्रमण भएको पुष्टि भएको जानकारी दिए ।

संक्रमित बनेपछि उनले मंगलबार (आज) दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा समेत सहभागी हुने नसक्ने जानकारी गराएको छ । कोरोना रोकथाम तथा नियन्त्रणबारे थप निर्णय गर्नका लागि मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने कार्यक्रम तय भएको छ ।