हेटौंडासहित देशका अधिकांश क्षेत्रको मौसममा बदली, यस्तो छ तीन दिनको पूर्वानुमान

प्रहर संवाददाता
प्रहर संवाददाता
२१ बैशाख २०७८, मंगलवार १३:४४

हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडा सहित देशका अधिकांश क्षेत्रको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको छ । देशको प्रदेश २ र प्रदेश १ मा सामान्य देखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको र केहि भू–भागहरूमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भू–भाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जलवाष्प युक्त हावाको प्रभाव रहेको कारणले बर्षा भएको महाशाखाले जनाएको छ ।

देश पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ बैशाख २१ गते (मंगलबार) 

दिउँसो:  देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र प्रदेश २, लुम्विनी, र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

 २०७८ बैशाख २२ गते (बुधबार) 

दिउँसो:  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका प्रदेश १ केही स्थानका साथै अन्य प्रदेशका पहाडी भू-भागमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरूका साथै र बागमती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना छ।

२०७८ बैशाख २३ गते (बिहिबार) 

दिउँसो:  देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षा तथा एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राती: देशका पहाडी भू-भागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने छ। देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।