मकवानपुरमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

प्रहर संवाददाता
प्रहर संवाददाता
२१ बैशाख २०७८, मंगलवार १५:०९

हेटौंडा – मकवानपुरमा पछिल्लो २४ घन्टामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार ९३ जनाको स्वाब परिक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका भित्रका ५९ जना, थाहा नगरपालिकामा १ जना, मनहरी गाउँपालिकामा ४ जना, भीमफेदी गाउँपालिकामा १ र मकवानपुरगढी गाउँपालिकामा ११ जना रहेका छन् ।

योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ४ हजार ७२२ पुगेको छ । जिल्लामा सक्रिय संक्रमित ८५१ जना रहेका छन् । मकवानपुरमा २४ घण्टामा ९ जना कोरोना मुक्त भएका छन् ।