हेटौंडा अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
२१ बैशाख २०७८, मंगलवार १५:३४

हेटौंडा – हेटौंडा अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बारा अम्लेखगंज वडा नं. २१ का ५९ बर्षीय एक पुरुषको रहेको हेटौंडा अस्पतालले जनाएको छ । यसअघि आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ निवासी ४१ वर्षीया महिलाको मृत्यु भएको थियो ।

हालसम्म हेटौंडा अस्पतालमा उपचाररत पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । आईतबार राती सवाँ ९ बजे हेटौंडा–१ का ५५ वर्षीय पुरुष, सोमबार बिहान ६ बजेर २२ मिनेटमा बाराका ४६ वर्षीय पुरुष र सोमबार बिहानै साढे ९ बजे महोत्तरी जलेश्वर–२ का ५० वर्षीय पुरुष मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

No photo description available.