हेटौंडामा बस र ट्रक ठोक्कियो

प्रहर संवाददाता
प्रहर संवाददाता
२४ बैशाख २०७८, शुक्रबार ०९:२७

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको नेवारपानीमा बस र ट्रक एक आपसमा ठोक्किँदा १४ जना यात्रु घाइते भएका छन् । आज बिहान दुइवटा सवारी एक आपसमा ठोकिदा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख ९१४० नम्बरको बस र हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ५ ख ४१४६ ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ट्रक चालकसहित १४ जना घाइते भएका हुन् । उनीहरुको हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्यमा चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।जनपत्रबाट