घुम्नै पर्ने ठाउँ मकवानपुरगढीको ऋषेश्वर गुफा

सञ्जिब रसाईली
२४ बैशाख २०७८, शुक्रबार १८:१८

हेटौंडा – मकवानपुरमा पर्यटकीय तथा धार्मिक पर्यटकीय क्षेत्रको कमी छैन । जिल्लाको थाहा नगरका दामन पालुङ्ग, हेटौंडा उपमहानगरका शहिद स्मारक, मकवानपुरगढी दरवार परिसर, चिसापानी गढी लगायत धेरै चल्तीका पर्यटकीय स्थलहरु हुन् ।

No description available.

ती चल्तिका पर्यटकीय गन्तब्य भन्दा फरक छ मकवानपुरगढी वडा नं. ८ मा रहेको ऋषेश्वर गुफा । महाभारत पहाडको काखमा रहेको ऋषेश्वर गुफा बागमती प्रदेशको राजधानीबाट उत्तरपुर्ब तर्फ २६ किलो मिटर भित्र रहेको छ । झट्ट हेर्दा पोखरामा रहेको पातले छागो र खोटाङ्गको हलेशी महादेब गुफा जस्तो देखिन्छ ।

बलियो चट्टानले बनेको ऋषेश्वर गुफा भित्र विभिन्न किसिमका प्रकृती रुपमा बनेका आकृतीहरु देख्न सकिन्छ । गुफाभित्र ऋषेश्वर महादेबको पुजा गरिन्छ । गुफाको उत्तरतर्फ बुढीचौर फाँट, पुर्वतर्फ भिर र दक्षिण पुर्वतर्फ गुफासंगै आर्कषक मनै लोभ्याउने झरना रहेको छ । झरनामा पुग्न भने अलि कठिन छ ।

No description available.

बुढीचौरका स्थानीयबासीहरु पहिलो मोटरबाटो नुहँदा सोही गुफाको बाटो हुँदै सुकौरा आवातजावत गर्ने गरेको साविक बुढीचौर गाविसका पुर्बअध्यक्ष रत्नलाल दोङले बताए । उनी गाविस अध्यक्ष हुँदा आज भन्दा २५ बर्ष अगाडी नै पाँच हजारको लगानीमा भ¥याङ्ग निमार्ण गरेका थिए । त्यसपछि नियमित रुपमा गुफाको बाटो हुँदै आवातजात हुने गरेको उनी बताउँछन् ।

यस ऋषेश्वर गुफा प्रचारप्रसार तथा बजेटको अभावका कारण पछाडी परेको दोङ्ग बताउँछन् । त्यो सपना प्रदेश र स्थानीय सरकारले पुरा गरेको उनले बताए । पछिल्लो चुनाव भएपछि गुफाको बाहिरी भौतिक संचनाले गति लिएको उनले बताए ।

बागमती प्रदेश र मकवानपुरगढी गाउँपालिकाको संंयुक्त लगानी २ करोडको लागतमा विभिन्न किसिमका भौतिक संरचना निर्माण गरिएको मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हँमागाईंले बताए । बासुदेब मार्गबाट करीब ३ सय मिटर ल्याव, चर्पी, ब्यवसायीक सटर, टिकट घर देखी गुफासम्म जाने सिडी, रेलिङ्ग, बनभोज स्थल, कुर्ची, अवलोकन स्थल लगायत बाहिरी भौतिक संरचना निर्माण गरेको अध्यक्ष हुँमागाईंले बताए । उनले गुफा क्षेत्रलाई मकवानपुरको प्रमुख पर्यटकीय गन्तब्यको रुपमा बिकास गरिने लक्ष्य रहेको बताए । ऋषेश्वर गुफा प्राकृतीक भु–बनाटको कारण मकवानपुरकै पृथक पर्यटकीय गन्तब्यको मान्न सकिने उनको भनाई छ ।

No description available.

अझै पर्यटकको नजर परेन
पहिलेको तुलनामा ऋषेश्वर गुफा क्षेत्रलाई बिकास गरेपनि पर्यटकको आगमन भने सोचेजस्तो बढेको छैन । बिदाको समयमा हेटौंडा आसपासका फाट्फुट मानिसहरु आउने गरेको स्थानीयहरु बताउँछन् । मकवानपुरगढीकै अन्य पर्यटकीय क्षेत्रको तुलनामा धेरै फरक अस्तित्व रहेको मानिएको ऋषेश्वर गुफामा घुम्न पर्यटक नआउनु अझै प्रचारप्रसारको रहेको छ । गुफाको बिषयमा थप अध्ययन तथा अनुसन्धान गरेर ऋषेश्वर गुफाको महत्वका बिषयबारे जानकारी मुलक सामाग्री प्रचारप्रसार गनुपर्ने आवश्यक छ ।

आज भन्दा ४०/५० बर्ष पहिले बाबाहरुले ध्यान तपश्या गर्ने गरेका थिए । त्यसपश्चात गाउँको बस्ति बाक्लिएसंगै गुफामा बाबाहरु ध्यान तपश्या गर्न छोडेको स्थानीयहरु बताउँछन् । यसबारेमा सरोकारवाला निकाय, संचारमाध्यमले गुफाको महत्वका बिषयमा समाचार सम्प्रेषण गनुपर्ने स्थानीयहरुको माग छ ।

No description available.

बजेट अभाब
गुफाको भौतिक संरचना लगायतका अन्य धेरै ब्यवस्थापनका कार्यहरु बाँकी रहेकोले अहिले नै पर्यटकको नजरमा नपर्नु स्वभाविक रहेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंको भनाई छ । उनले गुफा भित्र भगवान शिव, बुद्धको मुति राख्ने काम बाँकी नै रहेको बताए । त्यस्तै पोखराको पातले छाँगोको आभास दिलाउने झरना अवलोकन गर्ने झोलुङ्गे पुल लगायतका धेरै भौतिक संरचना निर्माणका कामहरु गर्न बाँकी रहेको जानकारी गराए । ती कामहरु बजेट अभाबका कारण गर्न नसकिएको उनको भनाई छ ।

पर्यटकहरु ब्यवस्थापनका लागि बसोबास गर्ने होटल, होमस्टे लगायतका संचालन गर्न पनि बजेट अभाब रहेको अध्यक्ष हुमागाईंले बताए । बजेट प्राप्त भए स्थानीय स्तरमा उत्पादन भएका र सहजै पाउन सकिने बस्तुको प्रवर्दन गरी चाडै होटल र होमस्टे पनी संचालन गर्ने अध्यक्ष हुमागाईंले बताए । उनले भने– “छोटो समयमै सबै कुराको परिवर्तन सम्भब छैन । हामीले लुकेर बसेको पर्र्यटकीय गतब्य भन्ने पहिचान गरेर कामको शुरुवात गरेका छौँ । अब आउने नेतृत्वले गुफाको बाँकी कामलाई निरन्तरता दिदै लैजानु पर्छ ।”

No description available.

शिवमको ढुङ्गा खानीको कारण यात्रा असुरक्षित
हेटौंडाबाट शिखरकटेरी हुँदै ऋषेश्वर गुफा जाने बाटोमा शिमव सिमेन्ट उद्योगको लागि कच्चा पदार्थ(ढुङ्गा) ओसारपसार गर्ने सय भन्दा बढि टिपर संचालनमा छन् । टिपरले क्षमता भन्दा बढी भार बोकेर चल्ने भएको कारण रोडमा ढुङ्गा झरेर लाग्ने खतरा छ । खास गरी सुकौरा देखी बुढीचौर जाने खोचको बाटोमा बढी खतरा रहेको छ ।

सो खोचमा क्षमता भन्दा बढी कच्चा पदार्थ ल्याउने टिपरको कारण दुर्घटना र ढुङ्गा झरेर लाग्ने खतरा रहेको घुम्न जाने बकैया गाउँपालिकाका रामप्रसाद दले बताउँछन् । सो खोचमा बन्जी जम्प गर्ने सकिने भएको त्यसबारे अध्ययन समेत गरिरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाकै विकट तर सम्भावना धेरै
बुढीचौर मकवानपुरगढी गाउँपालिकाको सबै भन्दा बिकट र सम्भावना भएको ठाउँको रुपमा परिचित छ । यहाँको सेतो मकै र फापरको ढिंडो निकै चर्चित छ । चारैतिर पहाडले घेरिएको बिचमा समथरसंगै भिरालो उर्बर भुमी छ बुढिचौरको । यहाँ मानिसहरु अधिकाशं कृषी क्षेत्रमा आवद्ध छन् । यहाँ तरकारी खेती जस्तैः गोलभेडा, च्याउ, हरियो सागपात, सेतोसिमी लगायत राम्रो उत्पादन हुन्छ भने अम्रिसोबाट पनि राम्रो आम्दानी हुने गर्दछ ।
यहाँ पुग्दा बुढीचौर फाँट बाहेक अरु नदेखीन र त्यहाँको हावापानीको कारण छुटै स्थान भएको आभास हुन्छ ।

No description available.

सो क्षेत्रमा हिउँदमा हिमपात समेत हुने गर्दछ । जुन हेटौंडा सहरबाट सहजै देख्न सकिन्छ । स्थानीय स्तरमा उत्पादन भएको अर्गानीक खाने कुराको प्रर्वदन गर्ने हो भने मकवानपुरगढी गाउँपालिकाको बुढीचौर पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सकिने समय निकालेर घुम्न पुगेकाहरु बताउँछन् ।

यता गाउँपालिका अध्यक्ष हुमागाईंले बुढीचौरमा भौगोलिक दृष्टिकोणले मकवानपुरकै फरक पहिचान रहेकोले पर्यटकीय क्षेत्रको रुपमा बिकासको लागि योजना बनाएर कार्यसंचालन गरिएको बताए । स्थानीय स्तरमा उत्पादन हुने कोदो, फापर लगायतलाई अनुदान बितरण गरि संरक्षण गरिएको बताए । बिशेष गरी स्वस्थ्यको लागि निकै उपयोगि मानिने ट्राउड माछा र पाहा पालनलाई प्राथामिक्तामा राखिएको उनले बताए ।

यस्तो छ ऋषेश्वर गुफा जानेबाटो
हेटौंडाबाट ऋषेश्वर गुफा करिब २६ किलो मिटर टाडा रहेको छ । हेटौंडाबाट कान्तिराजमार्ग अन्तरगत गढी–२ गैरिभञ्याङ्गसम्म करिब ११ किलो मिटर पिचरोड रहेको छ । गैरिभञ्याङ्गबाट करिब ३ किलो मिटर सामान्य कच्चि बाटोपछि बासपानी पुगिन्छ । बासपानीबाट सामरी खोलाको किनारै किनार सुकौरा पुगिन्छ । बासपानीबाट सुकौराको दुरी करिब ६ किलोमिटर रहेको छ ।

No description available.

सुकौराबाट सामरी खोलाको खोच हुँदै ५ करीब किलो मिटर उकालो पछि तामाङ भाषाबाट राखिएको छामे चोक(तरुनी चोक) पुगिन्छ । छामेचोकबाट ऋषेश्वर गुफाको बाहिरी भाग देखिन्छ । सोही गुफाको माथिल्लो भागमा रहेको समथल तर भिरालोभिरालो भाग हो बुढीचौर । छामेचोकबाट करीब ३ किलो मिटर माथि बुढीचौर गाउँ रहेको छ ।

बुढीचौर पुग्न हेटौंडा–भैंसे–पान्द्राङ्ग हुँदै पनी पुग्न सकिन्छ । बुढीचौरबासी बर्षायाममा सोही बोटो हुँदै हेटौंडा आउने गरेका छन् । मोटरबाटो खुल्नु भन्दा पहिले सो बाटो हुँदै बुढीचौरबासीहरुले मकवानपुरको पुरानो सदरमुकाम भिमफेदीमा ब्यापारीक प्रयोजनको लागि प्रयोग गर्दै आएका स्थानीयहरु बताउँछन् । सो बाटो प्रभावकारी हुने भन्दै कठिन स्थानमा सडक पक्की (स्ल्याब) बनाउने काम भईरहेको छ ।

गुफा क्षेत्रका केही तस्बिरहरुः

No description available.

No description available.

 

No description available.

No description available.

No description available.

 

No description available.