विचार

कठिन घडीमा बालबालिका

भानुभक्त आचार्य
२९ बैशाख २०७८, बुधबार १७:२९

कोरोना महामारीले यति बेला हामीलाई नराम्रोसँग अत्याएको छ । हामीलाई मात्र नभएर संसारलाई नै त्राशमा बाँच्न बाध्य पारेको छ । लकडाउन वा निषेधाज्ञा लगाएर नागरिकलाई हिडडुल गर्न प्रतिबन्ध लगाईएको छ । विद्यालयहरु ठप्प भएका छन् ।बालबालिकाले विद्यालयमा सिक्ने कार्य यतिबेला पूर्ण रुपमा अवरुद्ध भएको छ । यो अवस्थाअझै कति समय जारी रहने हो कुनै निश्चित छैन ।

एकातर्फ कोरोनाको त्राशदीले घर गरिरहेको छ भने अर्कोतर्फ यसलाई कसरी सहीउपयोग गर्ने भन्ने बिषयमा बहस चलिरहेको छ । कोरोना महामारीको त्राशलाई थोरै भएपनि कम गर्नका लागि हामीले हाम्रा नानीबाबुको महत्वपूर्ण समयलाई अलिकतिपनि खेर जाननदिने उपाय सोच्नु जरुरी छ । कोरोना महामारीले हाम्रो जीवनशैलीमा नकारात्मक्ता मात्र ल्याएको छैन । कोरोनाले हाम्रो जीवन र जगतलाई वास्तविक अर्थमा महसुस गर्ने उपयुक्त मौका दिएको छ । बालबालिकालाई धर्म, संस्कृति, पूजाआजाका कुराहरु बुझाउने र सिकाउने अहिलेको समय उपयुक्त हो ।

सबै अभिभावकले सबै खालका दार्शनिक कुराहरु बुझेका हुँदैनन् । सबै विज्ञ हुन्छन् भन्ने होइन । तर, आफूले जाने बुझेका कुराहरु, बालबालिकालाई सिकाउन र बुझाउन सकिन्छ । घरमा खाना बनाउने कुरामा बालबालिकालाई सिकाउन सकिन्छ । पुराना पुस्ताले भन्ने गरेका कथाहरु सुनाउन सकिन्छ । ठूलो परिबर्तन केहीखोज्नु भन्दा बरु बिल्कुलै घरायसी काम धन्दामा बालबालिकालाई अभ्यस्त बनाउन सकिन्छ ।

अहिलेका बालबालिका मास्कूले पढाई र जीवनको बीचमा ठूलो खाडल छ । त्यो खाडललाई पुर्ने अवसरको रुपमाअहिलेको समयलाई लिनुपर्छ । अहिले कक्षाकोठामा शिक्षकले पढाईरहँदा बालबालिकाको ध्यानअन्तै गएको हुन्छ । गुरुकुलशिक्षा प्रणालीमा जस्तो आजका बालबालिका कक्षाकोठामा ध्यानदिन छाडेका छन् । पछिल्ला दिनमा परीक्षाबिनाकक्षा उत्तीर्ण भएको उदाहरणले बालबालिकाको मनस्थितिमा परिबर्तन आएको छ । यो आमअभिभावकले बुझ्नु जरुरी छ ।

बालबालिकालाई आत्मनिर्भर बनाउने कोशिस गर्नुपर्छ । बालबालिकालाई कुनै कामको जिम्मा लगाइदिने, बिरुवा रोप्न लगाउने, आयआर्जन गर्ने काममाअभ्यस्त बनाउने, पाककला सिकाइदिने लगायतका काम गर्न सकिन्छ । बालबालिकाले हरेक दिन वा हरेक पल गल्ती गरिरहेका हुन्छन् । उनीहरुको सिकाई नै गल्तीबाट हुने हो । गल्तीगर्दा सच्याइदिने, सहयोग, प्रेरणा र हौसलादिने लगायतका काम गर्नु जरुरी छ ।

अहिलेको विपतको समयमाबालबालिकामाडर, चिन्ता, पिर तथा रिस हुन स्वाभाविकहो । यो सबै असामान्य अवस्थामाहुने सामान्य प्रतिक्रिया हुन् भनेर बुझ्नुपर्छ । हामीलाई पनि यस्तो अवस्थाको सृजना भएको छ । यस्ता समस्याहरु सबैलाई हुन्छन् । तर,ती समस्याकमहुनुको साटो बढ्दै गयो भने यस्तो बेलामा विशेषज्ञको सहयोग लिनुपर्छ ।आफ्ना वडाका जनप्रतिनिधिसँग निरन्तर समन्वयमा बस्नु जरुरी छ ।

पहिलो लहरमा जेष्ठनागरिक र दीर्घरोगीमा बढी जोखिम देखिएको थियो तर,अहिले २०/३०बर्षका स्वस्थ्ययुवकर बालबालिकामा पनि जोखिम देखिएको छ । अहिले सबैभन्दा बढी संक्रमण युवामा देखिएको छ, त्यो पनि जोखिम सहितको । बालबालिका पनि संक्रमित देखिएका छन् । नयाँभेरियन्ट अलिकति तीव्र गतिमा फैलिने खालको हुन्छ भनेर पहिले अनुसन्धानले देखाएकैहो । अहिले नेपालमापनि हरेक सातागएको वर्षभन्दाधेरै छिटोछिटो फैलिएको छ ।

दोस्रो लहरको यो शुरुआती समय भएको बिज्ञहरुले बताइरहेका छन् । कोरोना महामारी अझै उत्कर्षमानपुगेको बिज्ञहरको तर्क छ । आउँदो केहीहप्तामै हाम्रालागि समय निकै चुनौतीपूर्ण हुन सक्ने आंकलन भइरहेको छ । त्यसैले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दूरी कायम राखौं । धेरै संक्रमित भएपछि अस्पतालमा बेड पाउने अवस्था रहँदैन । भौतिक संरचना जे जति छ, त्यसले धान्न सक्ने अवस्था छैन ।

अस्पतालहरुमा जनशक्तिको अभावभइसकेको छ । कतिपयबचाउन सकिने संक्रमित छन् भने पनिउपचार नै नपाएर मृत्यु हुने अवस्थाआउन सक्ने कुरा बिज्ञहरुले बारम्बार भनिरहेका छन् । हामीले आफ्ना बालबालिकालाई घरमै सुरक्षित रुपमा खेल्न, सिक्न र रमाउन प्रेरित गर्नुपर्छ । अभिभावकको पनि यति बेला फुर्सद छ । आफ्ना नानीबाबुलाई संस्कार र संस्कृतिका कुरा सिकाऔं । दैनिक जीवनमा आवश्यक पर्ने हरेक कुराको ज्ञान बालबालिकामा प्रबाह गरौं ।

आफ्ना बालबालिकाले सधैं भरि किताव पल्टाएर पढेको हेर्ने चाहना हरेक अभिभावकमा हुन्छ । जुनकहिलेकाँही घातक सिद्ध हुनसक्छ ।बालमनोबिज्ञान बुझ्ने प्रयास गरौं र बालबालिकालाई सकारात्मक बनाऔं । बालबालिकालाई ईन्टरनेटको गेमिङजोनमा निर्धक्क नछोडौं । उनीहरुले मोवाईल वा कम्प्युटरमा के गरिरहेका छन् भनेर निगरानी गरौं । बालबालिकाले खेलेको ईन्टरनेटको खेल कित घातक घ भन्ने कुरा पनिहरेक अभिभावकले बिचार गर्नेपर्छ ।

कोरोना महामारीका कारण घरबाहिर बालबालिकालाई निस्कन प्रतिबन्ध लगाउनका लागि अधिकांश अभिभावकले ल्यापटप वा मोवाइल उपलब्ध गराएका छन् । तर, ती बालबालिकाले मोवाइलमा के खेलिरहेका छन् वा के हेरिरहेका छन् ? के गरिरहेका छन् ? भन्ने बिषयलाई कुनै महत्व दिइएन । फलतःबालबालिकामा प्रबिधिको गलत प्रयोग बढ्यो । आगामीदिनबालबालिकाको अगाडि चुनौतीथपिंदोअवस्थामा छ ।

अनलाईन कक्षाको बहानामा आफ्ना नानीबाबुहरु कुलतमालागे नलागेको बारे पनि ध्यानदिऔं ।भर्चुअलदुनियाँमा रमाएका बालबालिकाको अवस्था निगरानीगर्ने अभिभावकआफैंले हो । पछि पछुताउने अवस्थाआउन नदिनका लागि बालबालिकाको सम्बेदनशीलता बुझौं ।यति बेला मुलुकमा राजनीतिक परिबर्तनले अधिकांशको ध्यान त्यसतर्फ तानिएको छ । राजनीतिमा चासो राखिरहँदा आफ्नो बालबालिकामा निगरानी नपुग्ने निश्चित छ ।