नेपाल खनालसहित ११ सांसद पार्टीबाट निष्काशित (नामावलीसहित)

प्रहर संवाददाता
प्रहर संवाददाता
१० जेष्ठ २०७८, सोमबार १९:२३

काठमाडौं – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ सांसदलाई साधारण सदस्य पनि नरहने गरि कारवाही गरेको छ ।

आज बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले गठबन्धन गरेको आरोपमा कारवाही गरेको हो ।

माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणी कुमारी खड्कालाई पार्टीबाट निष्काशन गरिएको स्रोतले जनाएको थियो ।

यसअघि शनिवार बसेको एमाले स्थायी कमिटी बैठकले ११ जनासँग स्पष्टीकरण सोधेको थियो । तर कसैले पनि स्पष्टीकरण बुझाएका छैनन् ।