एक युवतीमाथि सामूहिक बलात्कार

प्रहर संवाददाता
प्रहर संवाददाता
२३ जेष्ठ २०७८, आईतवार १५:३५

भारतको उत्तरप्रदेशस्‍थित बरेलीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ। प्रहरीका अनुसार ६ जना युवकले ती युवतीमाथि सामूहिक बलात्कार गरेका थिए।

प्रहरीले तीमध्ये दुई जनालाई पक्राउ गरेको जानकारी दिएको छ। प्रहरीसँग भएको मुठभेडमा २२ वर्षीय विशाल पक्राउ परेका हुन्। उनको खुट्टामा गोली लागेको बताइएको छ। अर्का आरोपी २३ वर्षीय अनुज पटेल पक्राउ परेका छन्।

गत ३१ मे मा उक्त घटना घटेको बताइएको छ। ती युवती आफ्ना दुई साथीसँग हिँडिरहेका बेला ती युवकहरुले घेराबन्दी गरेर बलात्कार गरेका थिए। घटना गुपचुप राख्न ती युवाको समूहले दबाब दिए पनि ती युवतीले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा दुई जना पक्राउ परेको र बाँकीको खोजीकार्य तीव्र पारिएको बताइएको छ।