विश्वकप छनोट : नेपाल र जोर्डन भिड्दै

प्रहर संवाददाता
प्रहर संवाददाता
२४ जेष्ठ २०७८, सोमबार ०८:३०

काठमाडौं – फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले आज राति बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ ।गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाल र जोर्डनबिचको खेल राति पौने १० बजे शुरुहुने छ ।

पहिलो खेलमा चाइनिज ताइपेइलाई २–० गोल अन्तरले पराजित गरेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रने छन् । जोर्डनसँगको खेलका लागि टिम तयार रहेको बताउँदै प्रि(म्याच कन्फरेन्समा नेपालीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले भने–हरेक खेल सुन्यबाट सुरु हुन्छ र परिणाम मैदानको प्रदर्शनमा निर्भर गर्दछ । हाम्रो लक्ष्य सुरुबाट खेल जित्ने छ ।हाम्रो लक्ष्य एसियन कप छनोट हुनु हो । यसका लागि जोर्डनविरुद्ध जित आवश्यक छ ।

हाल फिफा बरियतामा जोर्डन ९५ औं स्थानमा रहेको छ भने नेपाल एक सय ७१ औं स्थानमा रहेको छ । बरियतामा नेपाल भन्दा ७६ स्थान माथि रहेको जोर्डनको टिमलाई नेपाल भन्दा बढि दबाव हुनेछ ।

हेड टु हेड

नेपाल र जोर्डन अहिलेसम्म तीन पटक खेलेका छन् । जसमा नेपालले दुई खेल हारेको छ भने एक खेल बराबरी गरेको छ । सन् २०११ मा भएको विश्वकप छनौटको खेलमा नेपाल उसको घरेलु मैदानमा ९–० गोलको भारी अन्तरले हारेको थियो ।

तर, दोस्रो लेगमा घरेलु मैदानमा खेल्दा नेपाल १–१ गोलको बराबरी गर्न सफल भएको थियो । त्यहि नै जोर्डनविरुद्ध नेपालको सुखद नतिजा हो । नेपालका लागि भरत खवासले गोल गरेका थिए ।

त्यसपछि २०१९ को अक्टोबरमा नेपालले जोर्डनसँग उसकै मैदानमा खेल्दा तीन शुन्यको हार ब्यहोरेको थियो ।

छनोटको समूह बी मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ ।नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । जोर्डनसँग अंक खोस्न सकेको खण्डमा नेपाललाई एशियन कपको अर्को चरणको छनौट खेल्ने पक्का हुनेछ ।

जोर्डनले पाँच खेल खेल्दा तीन जित, एक बराबरी र एक हार ब्यहोरेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । लिगको तेस्रो स्थानमा रहेको जोर्डन आफुलाई शिर्ष दुईमा राख्ने लक्ष्यमा छ ।