बाग्मती प्रदेशको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत

प्रहर खबर
२५ जेष्ठ २०७८, मंगलवार १८:४३

मकवानपुर – बाग्मती प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि प्रदेशसभामा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ ।

बैठकले सरकारको नीति कार्यक्रम तथा बजेटको प्राथमिकताको सम्बन्धमा छलफल गरी निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए ।

उनका अनुसार यही जेठ २७ गते अपराह्न ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।रासस