सवारी दुर्घटनामा १७ जनाको मृत्यु, डेढ दर्जनभन्दा बढी घाइते

प्रहर खबर
२६ जेष्ठ २०७८, बुधबार ०८:३८

एजेन्सी – भारतको उत्तर प्रदेशस्थित कानपुरमा मंगलबार राती भएको सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ ।

कानपुरस्थित कानपुर-इटावा राजमार्गमा तिव्र गतिमा कुदिरहेको बसले टेम्पुलाई ठक्कर दिँदा कम्तिमा १७ जनाको मृत्यु भएको हो ।

तिव्र गतिको बसले ठक्कर दिएको टेम्पु सडक किनारमा खसेको छ भने बस सडकमै पल्टिएको छ । दुर्घटनामा डेढ दर्जनभन्दा बढी घाइते भएका छन् ।