मकवानपुरमा करेन्ट लागेर एकको मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
२६ जेष्ठ २०७८, बुधबार १७:५८

हेटौंडा – मकवानपुरमा करेन्ट लागेर गएराती एक जनाको मृत्यु भएको छ । जिल्लाको बकैया गाउँपालिका वडा नं.५ मा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर ६० वर्षीय जगत बहादुर माझी मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्‍वर रिमालले जानकारी दिए ।

खोलाबाट घरको ट्याङकीमा पानी तान्नने क्रममा करेन्ट लागेर माझीको घटनास्थलमै मृत्यु भएको हो । उनको शव कानुनी प्रक्रिया परागरी आफन्तलाई जिल्ला लगाउने तयारीमा रहेको प्रहरीले जनाएको छ ।