पुस्तक समिक्षा ''आमा ''

“इतिहासमा गर्व र बर्तमान बुझ्नका लागि पढ्नुपर्ने पुस्तक आमा ”

जयराम बिडारी
३१ जेष्ठ २०७८, सोमबार ०७:४४

हे आमा जननी तिमी थियौ र यो संशारमा म आएं
सुन्दर सृष्टि सृजनात्मकताको अनुभुत गर्न पाएं
जानी नजानी तिम्रा कैयन त्यागका गुणगान गाएँ
माता र मातृभूमि लाइ घात नगर्ने कसम खाएं ।।

भनिन्छ मर्नका लागि धेरै बाटाहरु हुन्छन् तर जन्मन र बाँच्नका लागि केवल एक मात्र बाटो त्यो हो आमा इश्वरले सुन्दर सृष्टि रचनामा नारी (आमा) एक कोमलता,दया, अनि ममताकि प्रतिमूर्तिको रुपमा आमालाइ जीवित देवीको रुपमा रचना गरिएको हुन्छ । सृष्टिकर्ता निरंजन ,निराकार ,परब्रम्ह परमेश्वरले जीवहरुको आत्मामा बसेर साक्षीभावले जीवहरुको कर्मको मूल्यांकन गर्ने भएकोले उनै परमात्मा परमेश्वरले सन्तानका लागि आमामा त्यो इश्वरीय चेंत भरिदिएर धर्तीमाअवतरण गराएका हुन्छन् र तीनै आमाका ममताको आंचलमा स्बिवेकिय क्षमताका आधारमा सन्तानले फूल्ने ,फक्रने र जीवन्तता प्राप्त गर्दछन् । यसरी आमा भित्रको त्यो ममताको अंश मानवमा मात्र नभएर पशुहरुमा पनि बिद्यमान रहेको पाइन्छ । आमाका महानताका सम्बन्धमा बिभिन्न समयमा अनेकौं बिद्वानहरुले आफ्ना रचना र कृतिहरु मार्फत धेरै नै कृति रचना गरेर सार्वजनिक गरेर आमाप्रति अनुगृहीत रहेको प्रकाश पारेका छन् । म्याक्सिम गोर्की द्वारा लिखित आमा आजपर्यन्त धेरै बिक्रि हुने पुस्तक मध्यमा पर्छ । लेखक तथा साहित्यकार राजन कार्कीद्वारा झरीपछिको आकाश उपन्यास,हज़ारों छाल,कविता संग्रह बागमति र राजनीति आख्यान राजा, नव बास्सा आख्यान लगायतका कृतिहरु प्रकाशित भैसकेका छन् ।

करिव ३ महिना अघि बरिष्ठ पत्रकार तथा गोरखा एक्सप्रेस साप्ताहिकका सम्पादक लेखक एवं साहित्यकार राजन कार्की द्वारा माता र मातृभूमिप्रति अगाध स्नेह र प्रेमको सुन्दर संयोजन सहितको कृति ”आमा” हात परेको थियो । शिरमा कर्म छातिमा धर्म सहितको आकर्षक भनाइ का साथ सम्पूर्ण आमाहरुको शुन्दर र सहज जीवनयापनमाा बिवेकी सन्तानको कामनाका साथै बृद्धाश्रम निर्माण र गमनको बिरुद्धमा एवं सम्पूर्ण मावनताबादको मंगल कामना गर्दै ती तमाम आमाहरुको पूजानै पुस्तकको सारतत्व रहेको कुरा पुस्तक मार्फत बताउनु भएको छ । बिबिध कार्यब्यस्तताका कारण अध्ययन गर्न मिलिरहेको थिएन । कोरोना कहरको दोश्रो सृंखलाको लकडाउनको अवधीमा जव यो पुस्तक पढ्ने अवशर जुर्यो चुम्बकीय रुपमा आकर्षित गर्ने खालको रहेछ ।

जीन्दगी भोगाइहरुको निरंतर सृंखला हो । जीन्दगीलाइ भोग्ने क्रममा सवैको आफ्नै खालको परिबेश अनि कथा र ब्यथाहरु हुन्छन् । जुन अस्वाभाविक होइन आफूले बांचेको जीवन र भोगेको धटनाक्रमहरु पहाडको टुप्पो जस्तो लाग्नु अस्वाभाविक होइन । आफ्नो दुःख हरेकलाइ कष्टकर लाग्नु पनि अस्वाभाविक होइन प्रस्तुत पुस्तक मार्फत लेखनको सुरुवात यसरी भएको पाइन्छ ।

बस्तुभाउलाइ स्याउलाको जोहो गर्न नजिकैको पिपलको रुखमा चढ़ेर स्याउला झार्ने क्रममा त्यहिं डेरा जमाएर बसेको अरिंगालले चिलेपछि डाहा भएर आत्तिएर भुईमा बजार्रिदा थला परेपछि केही दिनपछि बुवाको निधन पश्चात लेखक आंशिक रुपमा टुहुरो हुनुभएको प्रसंगलाइ मार्मिक रुपमा प्रस्तुत गर्नुभएको पाइन्छ । यसै सन्दर्भमा मेरो थोरै कथा उल्लेख आवश्यक लागेको छ ।

बिहानभरी बुवा र माइला दाजु घर नजिकैको बारीमा मूला छरेर काम सकिएपछि माइला दाजुलाइ घरमा गएर पूजा सरजाम तैयार पार्दै गर म नुहाएर आउछु भनेर बुवा बारी संगैको खोल्सोमा नुहाएर गायत्रीमंत्र जप गर्दा गर्दै एक्काशी बित्नु भएछ नजिकै घरमा आउनु भएको दाइले बुवा किन आउनु भएन भनेर बेलाउन जांदा दुवै हातमा जनै बेरिएको अवस्थामा बुवा बितिसक्नु भएको देखेर हारगुहार गरेर सदगत गरेपछि करिव १ बर्षजतिको मपनि आंशिक टुहुरो बन्न पुगेको र आमालाइ सेतो लुगामा देखेर तर्सिएकोले आमाको छेउमा जानबाट डराएकोले मातृधाराबाट बंचित भएछु । आकस्मिक रुपमा आइपरेको पारिवारिक जिम्मेवारी र बुवाको बिछोडका कारण बिरामी पर्दै गएर करिव ३,४ बर्षको अंतरालमा आमाले पनि बैकुण्ठगमनको यात्रा गर्नु भएपछि पूर्णरुपेण बालटुहुरो बन्न पुगेछु । तीनथाना काठमाण्डूमा जन्मिनु भएकी मेरी आमा र टिस्टुंगमा जन्मिनु भएको मेरा बुवाको फोटो समेत नभएको हुनाले जीवनमा बाबा आमा नचिनी करिव ५० को हाराहारी पुगिसकिएछ ।तर कसैले आफ्नै आमालाइ बोलाएको सुन्दा पनि अत्यंत भावुक बनाउंछ । अब्राहम लिंकनले भन्नु भएजस्तै जो ब्यक्तिसंग मनतामयी आमा छिन् त्यो ब्यक्ति धनी ब्यक्ति हो । मैले मेरो यो प्रसंग यसकारणले राख्नु सानदर्भिक देखेर मात्र प्रयुक्त गरेको हुं कि आज मानिसहरु बृद्धाश्रम बनाउन र त्यहां हाम्रा स्तुत्य माता-पिता हरु राख्नमा होडबाजी गरिरहेछन् र सानामा हामीलाइ सहारा दिएका माता-पिताको बुढेसकालमा तीनै माता-पिताको सहारा बन्नुपर्छ भन्ने जिम्मेवारी बोध गर्दैनन् ।मेरा लागि तिमी र भगवान उस्तैउस्तै हुन्,आमा मेरो लागि। यही सम्झेर पूजा गर्छु। सधैँसधैँ । मैले भगवान र तिमीलाइ नदेखे पनि दुवैको अस्तित्व यो संशार र आफू जीबित हुनुले अनुभूत गरिरहेको छु ।

महाभारत कालिन पात्र कुन्तिले सूर्यदेवको अनुकम्पामा बिवाह पूर्वनै कर्णलाइ जन्म दिएकि हुनाले सामाजिक परिबंध र लोकलाजका कारणले कर्णलाइ त्याग्न बिवश हुन्छिन् । तर जीवनभर उनको मातृस्नेहको तड्पन कहिल्यै कम भएन । आज आधुनिकताका नाममा त्यस्ता कैयन आमाहरु छन् जस्ले असुरक्षित अनिच्छित् र बाध्यताको भूमरीमा परेर आफ्नो मुटुको टुक्रा रुपी सन्तानलाइ परित्यक्त गर्न बिवश छन् । सारमा ती कतिपय सुखी र खुशी त देखिएलान् तर बास्तविक रुपमा तीनिहरुको मातृस्नेह सन्तानको लागि तड्पिरहेको हुन्छ आखिर आमा त आमा हो । जस्तोसुकै बिषम परिस्थितिमा पनि हिम्मत र साहशका साथ आफ्ना सन्तानका लागि जीवन समर्पण गर्ने ती तमाम आमाहरु सदैव स्तुत्य रहन्छन् महान रहन्छन्

अणु आकारमा रहेको जीवात्माले आमाको पेटको मैदानमा उपर्युक्त बातावरणमा हुर्किदै यो धरतीमा अवतरित हुने मौका पाएर नै यो सुन्दर संशार देख्न योग्य हुने भएकोले पनि आमालाइ सृष्टिको मूल भनिएको हो आमाले आफैं मरेर हामीलाइ जन्म दिन्छिन् त्यसैले आमा जीवित देवी हुन् । सदैव आफ्ना सन्तानको खुशीमा रम्ने आमालाइ सनतानले जतिसुकै न्याय अन्याय गरेपनि सन्तानको खुशीनै चाहन्छिन् कहिल्यै श्राप दिन्नन् । सुयोग्य सन्तानको लागि आमा बिहानको पूजा,सांझको आरती घरेलु डाक्टर,नर्स सबैथोक हुन् ।”सर्वतिर्थमयी माता सर्वदेवमय पिता,मातरं पितरं तस्मात् सर्वयत्नेन पूजयेत् ”अर्थात् माता-पिता सवै देवताभन्दा पूजनीय हुन् ।मातृशक्ति ज्ञान,धन,बिवेक र शक्तिका श्रोत हुन् ।

एक इमानदार लेखकले आमालाइ मात्र होइन सारा नारीजाती प्रति नै उच्च सम्मान,इमानदारी लेखकको अर्को महान पक्ष हो ।आफ्ना कमजोरीहरु पनि पाठक सामू पस्कने हिम्मत सवैले गर्न सक्दैनन् आफ्नी सहधर्मिणी संग झर्किएको,कहिले कुटेको र माफी समेत मागेको प्रसंगलाइ घरघर माटीका चुला अगुल्टो पनि नठोसी बल्दैन भन्ने कुरा आफ्नो कृतिमा सार्वजनिक गर्न सक्नु लेखकको महानता हो । कृतिमा जीवनको आरोह अवरोहमा अब्यक्त गंगा संगको प्रेम प्रसंग भन्दा पनि उपकारको बोझ बिसाउन र धित मरुन्जेल आभार व्यक्त गर्न नपाएको छटपटीले अनुग्रिहीतता कोमलता र बिवशतााका साथै जीवनको उत्तरार्द्धमा पनि कतै उनीसंगको भेटको लालसा रहेको प्रसंगलाइ सुन्दर रुपमा ब्यक्त गरिएको पाइन्छ ।

५ खण्डमा बिभक्त यो कृतिमा आमाको महिमागान र उनको (आमाको) संघर्षका कथालाइ मार्मिक रुपमा प्रस्तुत गरिएको पाइन्छ । रत्न सागर प्रकाशनद्वारा प्रकाशित ब्यथै ब्यथाको ”आमा ” सुमन कार्कीको डिज़ाइनमा सहारा प्रिन्ट कनेक्शनमा मुद्रण सहितको गुगलबाट साभार गरिएको फोटो साच्चिकै हेर्दैमा मनको कुनासन्म मातृत्वको झस्का दिने खालको देखिन्छ । इतिहासबिद प्रा.डा.सुरेन्द्र केसी एवं अवकाश प्राप्त सहायक रथि प्रा. डा.प्रेम सिंह बस्नेतको भूमिकाले पुस्तकको गरिमा बृद्धि गरेको छ । बिद्वानहरुको भूमिका साथै लेखकको भनाइमा १५ पेज सम्म खर्चिएको हुनाले पेज नं. १६ देखि ६२ सम्म कृतिको केन्द्र भाग अवस्थित छ ।

खण्ड २ पत्रकारिता यात्रा
हामी नेपाली हरुको आर्थिक दरिद्रता त छंदैछ त्यसमा मानसिक दरिद्रता पनि थपिएपछि अनि नजिकै बसेर हरियो डलरको बायु प्रदूषण थपिएपछि बौद्धिक रुपमा कुख्यात हरुको मानसिकतामा सिधै डलरको गन्ध परेपछि सिधा सोझा निमेकको सोझो गर्ने जनता जनार्दन हरुलाइ के भन्नु बरा उसैपनि बौद्धिक हरुले आफ्ना कुतर्क हरुलाइ स्वयं सिद्ध तथ्य जसरी प्रस्तुत जो गर्दछन् त्यसैले यी कुजातहरुको पछि लागेर आफ्नै अस्तित्वको मलामी जान कुरेर बसेका चेतनशिलका नाममा कलंक बोकेकाहरुले गर्दा आज स्वर्ग जस्तों मेरो देश नरककुण्डमा भासिरहेछ । भन्ने अभिप्राय लेखकले आफ्ना पत्रकारिताको दौरानमा अनुभूत गरेको तितो यथार्थताको रुपमा प्रस्तुत गर्नुभएको पाइन्छ । पौराणिक पात्र दक्ष प्रजापतिको यज्ञमा सामेल हुने देवगण र बर्तमानका राजनैतिक दलमा सामेल दलदासहरुमा देखिएको समानताले सवैतिर बिनाशको ताण्डव रुप मच्चाइरहंदा समेत तीनका हली रैतीहरुले जसरी दक्षको यज्ञमणडपमा उपस्थित देवगणहरु मध्य कसैले पनि उनले (दक्षको ) कर्म गलत भन्ने हिम्मत गरेनन् ।पुरै यज्ञ मण्डप ध्वस्त भयो ठूलो अनिष्ट भयो त्यस्तै हाम्रा राजनैतिक दलमा आवद्ध रहेका कार्यकर्ता हरुले आफ्नो नेताहरुले गरेका हरेक फ़रमान हरुको तार्किक खण्डन बिरोध नगरेका कारण आज सारा देश सर्वनाशको बाटो तिर जांदैछ । कुनै दलको कार्यकर्ता हुनु नराम्रो होइन तर त्यहि दलको दासै हुनु चाहिं बिडम्बनाकै कुरा हो । भन्ने बिचारउत्तेजक प्रसंगलाइ जोडदार रुपमा प्रस्तुत गरिएको पाइन्छ । पत्रकारिता यात्राका क्रममा पंचायतकालमा बहुदलीयकाल र लोकतांत्रिक ब्यवस्थामा पत्रकारिताको बिकाश क्रमलाइ इतिहास देखि बर्तमान सम्म् के कस्ता बिकृति मौलायो भन्ने कुरा मिहिन ढंगले बिवेचना गरिएकोले पाठकहरुलाइ बुझ्न सजिलो हुनेछ । राजा महेन्द्रको देशभक्ति बिपीसंगको बेमेल पंचायतकालको बिकाश निर्माणमा अन्तर्राष्ट्रीय क्षेत्रको सहभागिता जस्ता बिषयबस्तु लाइ सटिक रुपमा ब्याख्या र बिश्लेषण गरिएको छ ।

पुस्तकमा बिपीकोइराला ,गंगालाल ,कृष्ण प्रसाद भट्टराइ गणेशमान सिंह मनमोहन तथा मदन भण्डारीको यथोचित रुपमा मुल्यांकन गरिएको हुनाले इतिहासका यी पात्रहरु प्रति न्याय गरिएको पाइन्छ । राजा बिरेन्द्रको शान्ति क्षेत्रको प्रस्तावलाइ बिश्वका ११६ राष्ट्रले मान्यता दिंदा समेत पनि भारतले असहयोग गर्दा कसरी औचित्य बिहिन बन्न पुग्यो र अझै जनताको प्रतिनिधिका रुपमा स्थापित नेतृत्वहरुले समेत भारतकै गोटीको रुपमा प्रयोग भएर शान्तिक्षेत्रको प्रस्तावलाइ उच्चारण समेत नगरिनुले शान्तिको फूलबारीको रुपमा रहेको सुन्दर देश कसरी माओवादीको दुश्चक्रमा फसेर रगतको अहालमा डुब्न गयो भन्ने प्रसंगलाइ सबिस्तार प्रष्ट पारिएको छ । नेताहरु माटोबादी हुनसकेनन्,रेलको इन्जिन कोइलाले चले जस्तो हाम्रा नेता र राजनीतिक प्राणीहरु बिदेशीको पैसाले चल्ने भाडाका टट्टू सावित भएकोमा लेखकद्वारा तिब्र रोष प्रकट गरिएको छ ।

प्रजातंत्रको पुनर्स्थापन पछि दलहरुको अकर्मण्यतालाइ शासकहरुको असक्षमता लाइ राम्रोसंग पोष्टमार्टम गरि जनतालाइ सुशुचित गरिएको पाइन्छ । दरबार हत्याकाण्डले नेपालको सुरक्षा निकाय तथा सेनाले राजालाइ सुरक्षा दिन नसकेको प्रसंगलाइ लेखकले बिरोधको आगो ओकलेको पाइन्छ । घटना घटेको यत्तिका समयसम्म सत्य तथ्य बाहिर नआउनुको कारण के हो सर्वत्र चासो र चिन्ताको बिषयलाइ लेखकले जोडदार रुपमा उठाएको पाइन्छ । अयोग्य शासकहरुका कारणले देशको उद्योग धन्दा तथा कल कारखाना लगायत नेपाल बायूसेवा निगम कसरी धराशायी हुन् पुग्यो चेजएयर धमिजा काण्ड लगायत शक्तिको दुरुपयोग र परिवारबादले नेपाल बायुसेवा निगमलाइ कसरी दुहुनो गाइ जस्तो बनाएर खोक्रो पारियो जस्ता सबिस्तारले घटनाक्रमलाइ प्रष्ट पारिएको छ । २०४६ सालपछि नेपालको राजनीतिलाइ अहंकारले अंगारमा परिणत गर्छ भनेझैं बिदेशीका इशारामा कसरी प्रयोग गरियो भन्ने कुरा खुल्ला रुपमा नागरिकताको बितरण ले प्रकट गरेको पाइन्छ । बाह्रबुंदे दिल्ली सम्झौताको षड्यंत्रले नेपालका नेता मानिएका दिल्लीका दासहरुले टिके र टकाका (पैसा) आधारमा संबिधानसभाका नाममा गरेका नांगो नाचलाइ लेखकीय स्वच्छतालाइ घटनाक्रमको तथ्यात्मकताले ओझिलो पारिएको यो खण्डलाइ पृष्ठ नं ६३- १९४ सम्म समेटेको पाइन्छ ।

खण्ड ३ मेरो बिदेश यात्रा
इतिहासदेखि बर्तमान सम्म कहिल्यै पराधीन हुन नपरेको मेरो देश आफ्नो अस्तित्व रक्षाका लागि बर्तमानमा हारगुहार गरिरहेछ । थुप्रै किताब पढ्नु भन्दा एकपटकको भ्रमण लाभकारी हुन्छ भनिन्छ । पर्यटन केवल ढुंगा माटो र भौतिक संरचनाको अवलोकन मात्र होइन यो त राजनैतिक सामाजिक सांस्कृतिक एवं ऐतिहासिक तथ्यको जानकारी पनि हो । घडि किनेर समयनै किनेको जस्तो बहाना गरेर कहिले सम्म बांच्न सकिएला ? लेखकले चिन्ता ब्यक्त गर्नुभएको पाइन्छ । बिदेश यात्राका क्रममा लेखक भारत ,चीन ,उत्तर कोरिया ,बेलायत ,अमेरिका ,पाकिस्तान जस्ता देशहरुको यात्रा गरिसक्नुभएको बर्णन पाइन्छ । तर जतिबेला हाम्रो देशमा काष्ठमण्डपको निर्माण हुंदै थियो त्यतिबेला बर्तमानका बिश्वका महाशक्ति मानिने देशको उदय पनि भएको थिएन । त्यस्तो गर्विलो इतिहासमा बांचेका हामी नेपालीहरुको बर्मानमा उपलब्ध रहेका हिजडारुपी शासक हरुका कारण हाम्रो शान र मान दुवै लुप्त रहेको अवस्था छ । हामी आत्मघाती बारुदमाथि उभएका छौं,कुनै पनि बेलामा पड्किन सक्छौं । बुझ्नेका लागि श्रीखण्ड नबुझ्नेलाइ खुर्पा बिंड भनेजस्तै हो । कुनै समयमा बेलायत जस्तो राष्ट्रलाइ सहयोग गर्ने मेरो देश आज कुन अवस्थामा रहेको छ भन्नै पर्दैन । माथिकाले तल तलसम्म गएर बुझ्ने र काम गर्ने तरिका अपनाउंदै उत्तर कोरिया जस्ता राष्ट्र आज बिकाशको कुन स्थितिमा छन् भन्ने कुरा पिर्के सलामीका भोकाहरुलाइ कस्ले बुझाउने होला ? गणतंत्र स्थापना पछि नेपालको बिकाश आकाश बाट झर्छ धर्तीबाट उम्रिछ दिन दु गुणा रात चौगुणा बिकाश हुन्छ राजतंत्रले गर्दा बिकाश हुन् सकेन भनेर सिधा सेझा जनताको ब्रेनवास गरेका नपुंसक नेताहरुले गणतंत्र स्थापनाको यत्तिका बर्ष सम्म जनतालाइ के भनेर चित्त बुझाउने हुन बिचारणिय बिषय त छंदैछ अधिकांश दलदासले भरिएको हाम्रो देशमा नेताहरु संग स्पष्ट कुरा राख्न सक्ने निर्भीक र स्वतंत्र जनता पनि छैनन् । यो खंडमा पृष्ठ संख्या १९५-२४२ समेटिएको पाइन्छ ।

खण्ड ४ देखे भोगेका कुरा
राजनीति सवै नीतिहरुको पनि मूल नीति हो । आंपको बिरुवा रोपेर कागती कसरी फलाउन सकिन्छ ? जनता जानकार हुन् वा नहुन् राजनीतिमा चासो राखुन् वा नराखुन तर राष्ट्रले अवलम्बन गर्ने नीति,बिधि ,क़ानून र कार्यान्वयन ले सम्पूर्ण क्षेत्रमा प्रत्यक्ष असर पार्दछ । गणतंत्र लाइ अत्याधिक सफलता मानेर नागरिक सचेत भए आफ्ना बिचारहरु निर्धक्क राख्न सक्ने भए यो नै ठूलो सफलता हो भनेर नथाक्ने राजनीतिज्ञ हरुले तीनै जनभावना माथि कुठाराघात गरेर देशको अमनचयन लाइ बन्धक बनाएको तितो यथार्थ बुझ्ने जमात वा जनता आज कति छन् बुझ्नु जरुरी छ । यत्तिका ज्यूंदा मानिस बसेको शहरमा मानबीयता किन मरिरहेछ भनेर सामाजिक अभियन्ता सपना रोकाले भनेको कुरा बुझिदिने आज कति थान मानिस यो शहरमा बसिरहेछन् ? यो चिन्ताको बिषय हो । अवशरबादले सिद्धांतलाइ कसरी घुंडा टेकाउछ भन्ने कुरा ब्यक्तिको बिवेकमा भर पर्ने कुरा पनि हो । यहाँ पैसा पाइन्छ भनेर आमा समेत बेच्न तैयार हुनेहरुसंग नैतिकताको अपेक्षा कसरी गर्न सकिन्छ ? नेपाल सानो थियो आँखाको नानी थियो आज त्यहि नानीलाइ पनि जलाएर खरानी पार्न खोज्नेहरुसंग स्वाभिमानको गीत कसरी गाउन सकिन्छ ? देश भनेको भूगोल मात्र होइन , एकधरो कपडामा बनाइएको झण्डा मात्र पनि होइन समग्रमा देश भनेको देशबासी हुन् तर बिदेशीको आज्ञा शिरोपर गरेर हिन्दु अधिरज्य, संबैधानिक राजतंत्र, बहुदलीय प्रजातंत्र लाइ मौलिकता नासिएको गणतंत्रल धर्म निरपेक्ष र संघियताले देशको पहिचान कुरुप पारिसक्दा समेत चेतनशिल नामधारी कसैको आवाज निस्किंदैन भने हाम्रो अस्तित्वको रक्षा पशुपतिनाथले कहिले सम्म गरिदेलान् ? अलिनो राष्ट्रवादी नारामा लयबद्ध हुंदै गएको छ । यो सोचनीय बिषय रहेको छ । यो खण्डमा पृष्ठ संख्या २४३-२८६ समेटिएको पाइन्छ ।

खण्ड ५ सार्वभौम सुरक्षित छ ?

समग्रतामा माता र मातृभूमि आज चिच्याएर रोइरहेको अवस्था छ ।देश बिधवाको कान्ति हराएको मुहार जस्तै भएको छ । राष्ट्रीयता को सवालमा राजतंत्र र मेरो घांटी एकै ठाउमा जोडिएको छ भन्ने बिपीको राष्ट्रवादी चिन्तनलाइ देशको हावापानी र माटो सुहाउदो शाशन ब्यवस्था संबैधानिक राजतंत्र बहुदलीय प्रजातंत्र यो देशको आवश्यकता हो भन्ने कुरा यो पुस्तकको अन्तिम निष्कर्ष को रुपमा रहेको छ। देशले अशल अविभावकको चाहना राखेको छ । चौरस्तामा उभिएर गन्तव्य हराएको यात्रीलाइ बास्तविक दिशा निर्देश गर्ने निर्देशकको खाँचो रहेकोले राजा नै उपर्युक्त निर्देशक हुन सक्ने तर्फको इंगित बेठिक हुन सक्दैन । यो देशमा म एउटा मानिस खोजिरहेछु भन्ने गीतको सार्थकता यहाँ निर मिल्न गएको अनुभुत हुन्छ । पुस्तकमा प्रयुक्त सन्दर्भ सामग्री प्रामाणिक रुपमा प्रस्तुत गरिएको पाइन्छ । एकाध ठाउमा मुद्राराक्षसको समस्या बाहेक अशुद्धता त्यति भेटिंदैन । समग्रतामा माता र मातृभूमि प्रति स्नेह राख्ने देशको स्वाभिमानको खातिरदारी गर्ने हरुलाइ पठनीय संग्रहणीय पुस्तकको रुपमा रहेको पाइन्छ ।
अन्तमा : राष्ट्र र राष्ट्रीयता माता र माटोबादी कृतिहरुको अपेक्षा भविष्यमा समेत गर्दछु । धन्यवाद
”जीवन्त बिम्ब