युरोकप: पोर्चुगलको शानदार सुरुवात, रोनाल्डोको तीन कीर्तिमान

प्रहर संवाददाता
प्रहर संवाददाता
२ असार २०७८, बुधबार ००:१०

काठमाडौं – साविक विजेता पोर्चुगलले जारी युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा हंगेरीलाई ३–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले विजयी सुरुवात गरेको गरेको हो ।

पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल र राफायल गुइरेरोले एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको पोर्चुगलले दोस्रो हाफको अन्तिम १० मिनेटमा तीन गोल गरेको हो ।

पोर्चुगलले तीन मिनेटको फरकमा तीन गोल गर्न सफल भएको हो । खेलको ८४ औं मिनेटमा राफेलले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

८७ औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै टिमको अग्रता दोब्बर पारे । खेलको इन्यूरी समयमा रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाए ।

जितसँगै पोर्चुगलले समूह एफमा १ खेलबाट तीन अंक जोडेको छ । पोर्चुगल समूहको शीर्ष स्थानमा छ ।

त्यसैगरी रोनाल्डोले युरोकप फुटबलमा रोनाल्डोले तीन महत्वपूर्ण रेकर्ड बनाएका छन्  । हंगेरीविरुद्ध दुई गोल गर्दै उनले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले हालसम्म ११ गोल गरेका छन् ।

रोनाल्डोले डेब्यु संस्करणमा २ गोल गरेका थिए । त्यसपछिको संस्करणमा क्रमश १,३ र ३ गोल गरेका थिए। यस संस्करणको पहिलो खेलमा दुई गोल गरेसंगै रोनाल्डोको युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन् ।

युरोकपमा फ्रान्सका मिचेल प्लाटिनीले गरेको ९ गोलको कीर्तिमान बनाएका थिए ।

त्यस्तै उनी युरोकप फुटबलमा पाँच मुख्य प्रतियोगितामा सहभागिता बनाउने खेलाडीको रेकर्ड पनि बनाएका छन् । उनी अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् ।

३६ वर्षीय रोनाल्डोले पहिलो पटक सन् २००४ को युरोकप खेलेका थिए । त्यसपछि उनले २००८, २०१२ र २०१६ को संस्करण खेलेका छन् । २०१६ मा रोनाल्डोको कप्तानीमा पोर्चुगलले उपाधि जितेको थियो ।