ब्राजिलको शानदार दोस्रो जित

प्रहर संवाददाता
प्रहर संवाददाता
४ असार २०७८, शुक्रबार ०९:३२

काठमाडौं – ब्राजिलले कोपा अमेरिका फुटबलमा लगातार दोस्रो जित शानदार जित निकाल्न सफल भएको छ । ओलम्पिक निल्टन सान्तोस स्टेडियममा शुक्रबार भएको खेलमा ब्राजिलले पेरुमाथि ४–० गोल अन्तरको शानदार जित निकाल्दै लगातार दोस्रो जित दर्ता गरेको हो ।

पहिलो खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–० गोल अन्तरले जित निकालेको थियो ।

ब्राजिललाई जित दिलाउन एलेक्स सान्ड्रो, नेयमार, एभर्टन रिबेरो र रिचार्लीसनले एक–एक गोल गरे ।खेलको १२ औं मिनेटमा एलेक्सले गोल गर्दै ब्राजिललाई१–० को अग्रता दिलाएका थिए ।

Image

खेलको ६८ औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिललाई २–० को अग्रता दिलाए । त्यस्तै खेलको ८९ औं मिनेटमा एभर्टनले गोल गर्दा ब्राजिलले ३–० को अग्रता बनायो । खेलको इन्जुरी समयमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई ४–० को सानदार जित दिलाए ।

समूह बी मा रहेको ब्राजिलले २ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । पेरु समूहको पुछारमा रहेको छ ।