स्विडेनको पहिलो जित

प्रहर संवाददाता
प्रहर संवाददाता
४ असार २०७८, शुक्रबार २१:४६

काठमाडौं – जारी १६ औं संस्करणको युरोकप फुटबलमा स्विडेनले पहिलो जित निकालेको छ । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा शुक्रबार भएको खेलमा स्लोभाकियालाई १–० गोल अन्तरले पराजित गर्दै स्विडेनले पहिलो जित निकालेको हो ।

समूह चरणको दोस्रो खेलमा स्विडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे । उनले खेलको ७७ औं मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् ।

स्लोभाकियाका गोलकिपर मार्टिनले रोबिनलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि स्विडेनले पेनाल्टी पाएको थियो ।

समूह ई मा रहेको स्विडेनले २ खेलमा ४ अंक जोड्दै नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । स्विडेन समूहको शीर्ष स्थानमा रहेको छ ।

२ खेलबाट ३ अंक जोडेको स्लोभाकियाले दोस्रो स्थानमा छ । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो ।