पल्पसा आइसोलेसनलाई बुहारीको सहयोग

प्रहर संवाददाता
प्रहर संवाददाता
५ असार २०७८, शनिबार १३:११

हेटौंडा – मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गरिरहेको पल्पसा आइसोलेशन सेन्टरलाई मेची महाकाली संयुक्त बुहारी आवाज मकवानपुसर शाखाले खाजा सहयोग गर्नुको साथै निरन्तर सहकार्यको प्रतिबद्धता समेत ब्यक्त गरेको छ । मेची महाकाली संयुक्त बुहारी आवाज मकवानपुरकी संयोजक कबिता खरेल थापाले मानबिय संबेदनाको बिषयमा स्वयंसेवा गरिरहेको कोभिड हेल्प डेस्कमा आफ्नो संस्थाले सहकार्य गर्ने बताउनुभएको हो ।

उपचार र पौष्टिक आहार नपाएर कोरोनासंग लड्न कठिन भइरहेको निमुखा संक्रमितको सेवामा खटिरहेको कोभिड हेल्प डेस्कले उदाहरिणय कार्य गरिरहेको संयोजक थापाको भनाई छ । उहाँले भन्नुभयो“ हाम्रो संस्था पनि मानबिय सेवामा ओतपोत भएर मानबिय सेवा र हिंसामा परेका बुहारीहरुको आवाज र शक्ती बन्नको लागि गठन भएको कारण पनि हामी कोभिड हेल्प डेस्कको काममा सहकार्य गर्न उत्सुक भएका हौं ।” आगामी दिनमा आफुहरु आइसोलेसन संचालन टिमसंगै कार्य गर्ने बताउनुभयो ।

कोभिड हेल् िडेस्कका संयोजक कृष्ण कटुवाल, सचिवालय सदस्य सरोज खनाल, पल्पसा आइसोलेसनका संयोजक भुवनलाल श्रेष्ठ लगाएतले मेचि महाकाली संयुक्त बुहारी आवाज मकवानपुरको टोलीलाई स्वागत गर्नुभएको थियो ।

सुत्केरी र टुहुरा बालबालिकालाई खाद्यान्न सहयोग
मेची महाकाली संयुक्त बुहारी आवाज मकवानपुरले कोरोनाको कारण समस्यामा परेका हेटौंडा—४ र हेटौंडा—११ का सुत्केरी महिलालाई १ महिनाको लागी पुग्नो खाद्यान्न र अण्डा सहयोग गरेको छ ।

त्यसैगरी हेटौंडा—८ मा रहेका अभिभाबक बिहिन ४ बालबालिकालाई पनि १ महिनाको लागि खाद्यान्न बितरण गरेको संस्थाकी सह—संयोजक मञ्जु फुँयालले बताउनुभयो । उहाँले अभिभाबक गुमाएका एकाघरका ४ बालबालिकालाई सहयोग गरेको जनाउनुभयो । ति टुहुरा बालबालिका १४ बर्ष, १३ बर्ष, १२ बर्ष र १० बर्षको रहेको र उनिहरुको कोही नभएको कारण सास्यामा रहेकोले आफुहरुले सहयोग गरेको उहाँको भनाई छ ।

ऋाजको कार्यक्रममा संस्थाकी सचिब अनुपा दाहाल, सह—सचिब राधा सापकोटा, कोषाध्यक्ष मिना अधिकारी बर्तौला, कार्यक्रम संयोजक पुष्पा जोशी, कार्यसमिति सदस्य सुजता मैनाली, सरु रिमाल, रिना आचार्य, ईन्दिरा बिडारी कल्पना शर्मा लगाएतको सहभागिता रहेको थियो ।