हेटौंडा-६ मा कान्तिराज मार्गको कन्तबिजोक, वडाध्यक्ष भन्छन्–स्थानियले के-के भन्छन् त्यो मतलब छैन

प्रहर संवाददाता
प्रहर संवाददाता
५ असार २०७८, शनिबार २०:३६

हेटौंडा – कान्तिलोक मार्ग अन्र्तगत हेटौंडा उपमहानगरपालिका वडा नं.६ स्थित चुच्चेखोला–चौघडा सडकमा खाल्डाखुल्डी परेको महिना बढी भयो । तर, अहिलेसम्म राजमार्ग मर्मत भएको छैन । सकड मर्मत नहुँदा यातायात सञ्चालनमा कठिनाई भएको छ भने दुर्घटनाको जोखिम समेत बढ्दै गएको छ ।

मकवानपुरका ब्यस्त सडकहरु मध्ये यो सडक पनि एक हो । यहाँ दैनिक सयौँको संख्यामा साना ठुला सवारी साधनहरु आवतजावत गर्ने गर्दछन । महिनौ बित्दा पनि सडक मर्मत नहुँदा जोखिम मोलेर पनि आवतजावत गर्न गराउन बाध्य छन् यात्रु र सवारी चालक ।

खाल्डाखुल्डीका कारण सवारी दुर्घटनामा परेर ज्यानै जान सक्ने खतरा छ । यहाँ सवारी साधन चलाउन निकै सकस भएको छ । दिउँसो भन्दा रातीको समयमा चल्ने सवारीसाधन दुर्घटना हुने जोखिम बढेको सवारीचालकहरु बताउँछन् । सो क्षेत्रमा स–साना सवारी साधनहरु दैनिक जसो दुर्घटना समेत हुने गरेको स्थानियहरुको बताउँछन् ।

No description available.

अविरल वर्षाका कारण जमेको पानीले सडकको कोलोपत्रे उप्किएको थियो । समयमै जमेको पानी निकासी गर्न ढलको ब्यवस्था नगर्दा कालोपत्रे उप्किएर सडकमा ठुला ठुला खाल्डाखुली बनेको हो । यसमा सरासर स्थानिय जनप्रतिनिधी, कान्तिराज मार्ग सडक योजना लगायत सम्बन्धित निकायको लापरवाही देखिन्छ । समयमै ढल निकासी गर्न सकेको भए सडकको अवस्था यस्तो नहुने जानकारहरु बताउँछन् ।

 

सोही वडाका वडाध्यक्ष अर्जुन प्रसाद चौलागाईले सडकको खाल्डाखुल्डी पुर्नको लागि आफुले ४० टिपर ग्राबेल बिछ्याएको बताए पनि सडकको हालत जस्ताको जस्तै छ । स्थानिय तथा यात्रुहरुले आफ्नो गुनासो पोख्ने वडाकार्यालयका जनप्रतिनिधि हो । प्रहर खबरले त्यही गुनासोलाई लिएर वडाध्यक्ष चौलागाईलाई सम्पर्क गर्दा “स्थानियले के–के भन्छन त्यो मलाई मतलब छैन । सबै स्थानियहरु मेरो पक्षमा छन् ।” भन्दै पन्छिए ।
स्थानियहरुको समस्या गुनासोलाई ग्रहण गर्दै सम्बन्धित निकायसंग संमन्वय गरेर समस्या समाधान गर्ने हो जनप्रतिनिधिको । जनप्रतिनिधि जस्तो गरिमामय पदमा रहेर जनताको समस्यालाई आफ्नै तर्क दिएर जिम्मवारीबाट पन्छिनु कतिको उचित होला ? यसको मुल्याङ्कन हुनेनै छ ।

No description available.

सडक मर्मतसम्भार गर्ने जिम्मेवारी रहेको कान्तिराज मार्ग सडक योजनाले सडक मर्मतमा कुनै चासो नदिएको वडाध्यक्ष चौलागाईको आरोप छ । सो क्षेत्रमा अघिल्लो बर्षायाममा पानी जमेको थिएन । सडक निर्माण आयोजनाले सडकमा ढल निर्माण नगर्दा सडकको दुबै तर्फ माटो हालेर उठाएपछि सो क्षेत्रमा पानी जमेको सहजै अनुमान गर्न सकिन्छ ।

कान्तिराज मार्ग सडक योजनाका स्रोतका अनुसार यसअघि सडकको ढल निर्माण गर्न जनप्रतिनिधिबाट कुनै पनि सहयोग नभएको दाबि गरेको छ । उक्त सोत सोही सडकको दाँयाबाँया जग्गा प्लटिङ्गका कारण पानी निकासी रोकिदाँ यो अवस्था आएको र तत्कालिन समयमा जिल्ला प्रशासन कार्यालय र हेटौंडा उपमहानगरपालिकालाई उक्त प्लटिङ्ग रोक्नका लागि पत्राचार गरिए पनि कुनै सुनुवाई नभएको बताउँछ ।