नुहाउने क्रममा बगेकी ८ वर्षीय बालिकाकाे सकुशल उद्दार

प्रहर संवाददाता
प्रहर संवाददाता
६ असार २०७८, आईतवार १५:१९

काठमाडौं – सेती नदीमा नुहाउने क्रममा बगेकी ८ वर्षीया बालिकाको सकुशल उद्दार गरिएको छ ।आज दिउसो पौने २ बजेको समयमा सेती नदीमा नुहाउन गएकी पोखरा महानगरपालिका २५ याम्दीकी अस्मिता मगरलाई बगाएको थियो ।

नदीले बगाउनसाथ स्थानीयले देखेपछि तत्काल उनको उद्दार गरी पश्चिमाञ्चल अस्पताल पोखरामा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

ती बालिकालाई बगाएको ठाँउबाट करिब १५ सय मिटर तलबाट उद्दार गर्न सकिएको बताइएको छ । अहिले उनको अवस्था मध्यम र बोल्न सक्ने रहेको प्रहरीले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय बगर पोखराबाट प्रहरी नायव निरिक्षक जसबहादुर बिकको कमाण्डमा पाँच जना प्रहरीको टोली उद्दारका लागि खटिएको हो ।