मकवानपुरमा थप ५० जनामा कोराना पुष्टि, एकको मृत्यु

प्रहर संवाददाता
प्रहर संवाददाता
६ असार २०७८, आईतवार १५:५६

हेटौंडा – मकवानपुरमा पछिल्लो २४ घण्टमा ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ सय १८ जनामा गरिएको कोरोना परीक्षणमा ५० जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यससंगै जिल्लामा संक्रमितको संख्या १० हजार ३ सय ३४ जना पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ५८ जना कोरोनामुक्त भएका छन् । यससंगै कोरोनामुक्त हुनेको संख्या ९ हजार १३९ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा हाल १ हजार ६२ जना सक्रिय संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालयका अनुसार ९ सय ५५ जना होमआइसोलेशनमा र १ सय ७ जना संस्थागत आइसोलेसनमा उपचाररत छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा थप एक जना संक्रमितको मृत्यु भएको छ । यससंगै कोरोनाको कारण हालसम्म १ सय १७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

May be an image of text that says 'सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशालय कार्यालय सम्पर्क: ०५७-५२०७१5 o.makawanpur1@gmail.com कवारेनटाइनमा विगत विगत डिस्वार्ज बसेको हालस न.पा 187 संस्थागत 13 संख्या 1 इन्द्रसरोवर 724 गा.पा 11 4 राक्सिरानन 18 561 0 2 0 0 कोभिड 19को दोसो 14 138 भ्याक्सिन (COVISHIELD) लगाएको 19 117 सेन्टरमा 34जना सेन्टरमा 16जना रहेको'