भर्चुअल दुनियाँमा विद्यार्थीको भविष्य

भानुभक्त आचार्य
७ असार २०७८, सोमबार १९:५१

हेटौंडा – काभ्रेको पाँचखालस्थित आजाद माध्यमिक विद्यालयका शिक्षकको मोवाइलमोबाइलमा नगरपालिकाले हरेक महिना तीन सय रुपैयाँ ब्यालेन्स पठाउने गरेको छ । त्यही रकमबराबरको डाटा प्याक लिएर विद्यार्थीलाई शिक्षकले फोन गर्छन् र सिकाई सहजीकरण गर्ने गरेका छन् । विद्यालयले फेसबुक पेज बनाएको छ र विद्यार्थीलाई जोडेको छ । प्रविधिमैत्री समाज नामक गैरसरकारी संस्थाले आजाद माविका शिक्षकलाई प्रविधिमा सहयोग गरेको थियोछ ।

विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) संक्रमणका कारण २०७६ चैत्रदेखि शिक्षक–विद्यार्थीको अध्यापन र अध्ययनमा आमूलठूलोपरिवर्तनहेरफेर आएको सिद्धार्थ मावि हेटौंडाका प्रधानाध्यापक मोहनप्रसाद शर्मा बताउँछन्। एक हजार आठ सय विद्यार्थी अध्ययन गरिरहेको सिद्धार्थ माविमा कक्षा छदेखि १२ सम्मका बालबालिकालाई भर्चुअल विबधिबाटमा पठनपाठन गरिएको थियाहो।

विद्यालय नपुगेसम्म अध्ययन अध्यापन सम्भव छैन भन्ने परिभाषा अहिले फेरिएको छ ।भर्चुअल माध्यमबाट पनि विद्यार्थीको औपचारिक अध्ययन सम्भव छ भन्ने पुष्टि कोरोनाका कारण अनुभूति भएको हो । विकसित मुलुकमा भर्चुअल माध्यम सञ्चालनमा रहे पनि नेपालमा भने प्रविधिको यो प्रयोग पहिलो हो । इन्टरनेटका माध्यमले बालबालिकालाई एक हदसम्म नयाँ दुनियाँमा प्रवेश गरायो र पढ्न अभिप्रेरित गरिरह्यो । भौतिक उपस्थिति, पुस्तक र कापीकलमबिना पनि विद्यालयबाट औपचारिक अध्ययन ग्रहण गर्न सकिने, वेवसाइटहरूमा खोजेर पढ्न सकिने र शिक्षकशिक्षिकाले जुम र गुगल मिटमा पढाउने र इमेल, मेसेन्जर, ह्वाट्सएप, भाइबरजस्ता सामाजिक सञ्जालमाध्यमबाटै गृहकार्य दिनेगर्न थाले ।

काठमाडौं प्रज्ञा कुञ्ज स्कुल, मध्यबानेश्वर, काठमाडौंको कक्षा ९ (हाल कक्षा १०)मा अध्ययनरत भक्तपुर गठ्ठाघरनिवासी अञ्चित ढुंगाना कक्षा आठसम्म अध्ययनमा मध्यम थिए । अभिनय र गायनमा प्रतिभावान् भए पनि उनको पढाइठिकठिकै मात्र थियो । तर, जब भर्चुअल माध्यममा पढाइ सुरुशुरु भयो तब समयमै जुम र गुगल मिटमा जोडिने, पूरै अवधि भर्चुअल क्लासमा ध्यान दिएर बस्ने गर्न थाले, त्यसपछि अञ्चितका अभिभावक र शिक्षकशिक्षिका पनि दङ्ग परे ।

हरेक विषयका हरेक सन्दर्भमा प्रश्न गर्ने रशिक्षकले सोधेका प्रश्नको पनि जवाफ दिइहाल्ने उनको शैली हुन गर्न थाल्याले । इमेल, मेसेन्जर, भाइबरमा प्राप्त होमवर्क पनि सकभर सबैभन्दा पहिले नै बुझाउन थाले । ‘त्यसका लागि दिनभरको कक्षा सकेपछि बरु रातको १२ बजोस् तर गृहकार्य सकेर बुझाएर (अपलोड गरेर) मात्रै सुत्ने बानी बसायो, उसले कहिल्यै भोलिलाई काम राखेन’, आमा कमलादेवीले भनिन् ।

अरू विद्यार्थीका लागि उपयोगी साबित होस् भनेर प्रज्ञाकुञ्जका शिक्षकशिक्षिकाले भर्चुअल राख्ने ‘प्यारेन्ट–टिचर मिटिङ’मा धेरैपटक अञ्चितको उदाहरण धेरैपटक अरू विद्यार्थीका लागि उपयोगी साबित होस् भनेर दिए । यसले उनको पनि हौसला अझ थपियो । ‘अस्टे«लिया र बेलारुस पुग्दा इन्टरनेटबाट पनि पढ्न सकिन्छ भन्ने थाहा पाएको थिएँ, त्यसैले पनि बढी रुची र जाँगर चल्यो’, अञ्चित भन्छन्, ‘झोलाभरि किताब बोकेर झन्डै एक घन्टा गाडीमा जाँदा स्कुल नपुग्दै थाकिन्छ तर, यसमा पढ्न नयाँ र धेरै सजिलो भएर पनि हो ।’ अञ्चितजस्तै उदाहरणीय विद्यार्थी अरू पनि धेरै छन् ।

सोहीभर्चुअल माध्यमबाट गृहकार्य बुझाउनसमेत मिल्नेसमेत भएपछि बालबालिका थप एक हदसम्म अध्ययनमा निकै उत्साहित भएको पाइएको योछ । यसले एकातिर गरुङ्ह«ौंगो झोला बोकेर हस्याङ्फस्याङ् गर्दै विद्यालय जाने र फर्कने शारीरिक र मानसिक बोझबाट विद्यार्थीले मुक्ति पाएका छन् भने अर्कोतिर प्रविधि प्रयोग गरेर अध्ययन र अन्य थुप्रै काम गर्न सकिने रहेछ भनेर जान्ने बुझ्ने मौका पनि पाएका छन् ।

फाइदासँगै जोखिम पनि
सकारात्मकसँगै हरेक कुराको नकारात्मक पक्ष पनि हुन्छ । भर्चुअल क्लासका फाइदा जति देखिएको छ, त्यति नै बेफाइदा र विकृति पनि भित्रिएको छ ।कोरोनाको जोखिमका कारण सरकारले घोषणा गरेको लकडाउनले देशभरका बालबालिका भौतिक रूपमा विद्यालयमा उपस्थित भएर अध्ययन गर्न सकेनन् । ‘वैकल्पिक शिक्षा भनेको विपद्मा कसरी बालबालिकाको पढाइलाई निरन्तरता दिने भन्ने नै हो’, बागमती प्रदेशका शिक्षा विकास निर्देशक चन्द्रप्रसाद लुर्इँंटेल भन्छन् ।भौतिक रूपमै विद्यार्थी उपस्थित गराएर गरिने पठनपाठनमा पनि प्रविधिको प्रयोग अनिवार्य भइसकेको महसुस भएको निर्देशक लुईंटेल बताउँछन् ।

मकवानपुरको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने शैक्षिक संस्था मकवानपुर बहुमुखी क्याम्पसमा ११ र १२ कक्षामा कम्प्युटर साइन्स पढाउने उपप्राध्यापक इन्द्र सापकोटा भन्छन्, “अभिभावकले ख्याल गर्न सक्ने परिबारका बालबालिका अनलाइन कक्षामा ध्यानपूर्वक पढ्ने तर, अभिभावकको हेरचाह नपुगेका बालबालिका अनलाइन कक्षामा उपस्थित नै हुँदैनन् ।” कम्प्युटर साइन्स पढ्ने अंग्रेजी माध्यमका विद्यार्थी प्रायः कक्षामा सहभागी हुने गरेको तर, नेपाली माध्यमको कमर्स विषय पढ्ने विद्यार्थी ४० जनाको कक्षामा छ÷सातजना मात्र उपस्थित हुने गरेको सापकोटाको अनुभव छ ।
लकडाउनका कारण घरबाहिर निस्कन नसकिने भएपछि अभिभावकलाई आफ्ना केटाकेटीको पढाइलाई निरन्तरता दिने दबाब बढ्दै गयो । कहिलेकाहिँ डाटा प्याक किनेर इन्टरनेट चलाउने अभिभावकलाई पनि थुप्रै सुविधाका कारण नियमित रूपमा इन्टरनेट जडान गर्न बाध्य बनायो ।

कोरोना महामारीका कारण बालबालिकालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउन पनि अधिकांश अभिभावकले इन्टरनेट जोडे । कम्प्युटर, ल्यापटप, ट्याबलेट वा मोबाइलजस्ता ग्याजेटमा वाईफाईको सुविधा भएपछि संसार उपलब्ध हुने थाहा पाएपछि बालबालिका पनि त्यसमै रमाउँदै र अभ्यस्त हुँदै गए ।

‘सन्तान घरभित्रै बसेको र ग्याजेटमा केही सिकिरहेको बुझाइमा अधिकांश अभिभावक मख्ख परे तर, तिनले ग्याजेटमा के गरिरहेछन् भन्नेमा ख्यालै गरेनन्’, काठमाडौं कोटेश्वरनिवासी एक अभिभावक पुरुषोत्तम पराजुली भन्छन्, ‘खेल खेलिरहेका छन् वा के हेरिरहेका छन् ? के गरिरहेका छन् ? भन्ने विषयलाई अधिकांश अभिभावकको तर्फबाट कुनै महŒव दिइएन । फलतः बालबालिकामा प्रविधिको गलत प्रयोग बढ्यो ।’ आगामी दिन ग्रामीण भेगका बालबालिकाको अगाडि चुनौति थपिँदो अवस्थामा छ ।

केटाकेटीलाई कोभिड–१९ को महामारीमा घरबाहिर ननिस्कने वातावरण बनाउन मोबाइल वा ल्यापटप अनिवार्य शर्त भएको अभिभावकहरूको अनुभव छ । बालबालिकालाई घरबाहिर निस्कन नदिन अधिकांश अभिभावकले ल्यापटप वा मोबाइलउपलब्ध गराएका छन् । तर, ती बालबालिकाले मोबाइलमा के खेलिरहेका छन् वा के हेरिरहेका छन् ? भन्ने विषयलाई आवश्यक महŒव दिइएको छैन । फलतः बालबालिकामा प्रविधिको गलत प्रयोग बढ्दै गएको छ ।

मकवानपुरको मनहरीस्थित राष्ट्रिय रोटरी माविका बालबालिका पनि अनलाइन कक्षाको बहानामा बरालिएको पाइएको विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल बताउँछन् । मनहरी गाउँपालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालयमध्ये आठ वटामा माध्यमिक कक्षा चलेको छ । अधिकांश माविका बालबालिका भने इन्टरनेटको पहुँचमा छैनन् । मनहरीको रोटरी माविका विद्यार्थी अनलाइन कक्षामा बस्ने बहानामा अनलाइन खेलमा एडिक्ट भएको प्रअ पौडेलको अनुभव छ ।

मकवानपुरको बकैया गाउँपालिकाका शिक्षा प्रमुख आइतराम तामाङ भन्छन्, “अभिभावक बालबालिकालाई आफूसँगै राखेर अनलाइन कक्षा लिन वा दिन सक्ने अवस्थामा हुँदैनन् । एक त ग्रामीण क्षेत्रमा वैकल्पिक पढाइमा पहुँच छैन । पहुँच पुगेका बालबालिकामा पनि अध्ययनभन्दा कुलतमा ध्यान केन्द्रित गरेको पाइएको छ ।” अधिकांश विद्यालयका प्रधानाध्यापक तथा विषय शिक्षकको अनुभवमा बालबालिकालाई इन्टरनेटको माध्यमबाट वैकल्पिक कक्षा लिन कठिन भएको छ ।

प्रविधि : आवश्यकता बढी, पहुँच कम
पछिल्लो पुस्ताका बालबालिकाले कालोपाटीमा चक डस्टर घोटेर गर्ने सिकाई विधिलाई मन पराउन छोडेका छन् । कक्षाकोठामा मल्टीमिडियाको प्रयोग गर्नैपर्ने भएको छ ।तर, समस्या पहुँचमा रहेको छ । बागमती प्रदेशका शिक्षा विकास निर्देशकलुइँटेलको अनुमानमा बागमती प्रदेशका करिब सात हजारवटा सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीमध्ये दुई प्रतिशत मात्रै इन्टरनेटको पहुँचमा रहेको अनुमान गर्छन् उनी।

पछिल्लो एक वर्षको अविधिमा बागमती प्रदेशका प्रायः सबै शिक्षकलाई लामो छोटो अवधिको प्रविधिमैत्री तालिम प्रदान गरिएको निर्देशक लुर्इंटेलको भनाइ छ । तर, शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल भने २० प्रतिशत भन्दा कम शिक्षक मात्रै प्रविधिको प्रयोग गरी पढाउन सक्षम भएको बताउँछन् ।

वैकल्पिकविधिबाट अध्यापन गर्ने प्रयास गरियो तर,,विशेषगरी ग्रामीण क्षेत्रका विद्यालयमा प्रभावकारी बन्न सकेन । सरकारले २०७७ चैत ११ गतेदेखि गरेको पहिलो चरणको लकडाउनका कारण शैक्षिक संस्था बन्द भएपछि शिक्षकले घरमै बसेर तलब खाने काममात्र गरेआएको आरोप पनि लगाइयो ।यसैबीचमा केही शिक्षकले विद्यार्थीसँग सम्पर्कमा रहिरहने उपायको खोजी गरे ।

देशभर माध्यमिक कक्षा चलेका विद्यालय संख्या सात हजार एक सय पाँच रहेको र ११ र १२ कक्षा चलेका विद्यालय संख्या तीन हजार दुई सय ६८ वटा रहेको नेपाल सरकारको शिक्षा विभागकाले तयार गरेको तथ्यांकमा उल्लेख छ । तीमध्ये तीन हजार तीन सय ६२ संस्थागत मावि छन् । शिक्षा विभागको इएमआइएस तथ्यांकअनुसार अहिले कक्षा ९ नौदेखि १२ सम्म १६ लाख ५९ हजार बालबालिका अध्ययन गरिरहेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले विद्यार्थीलाई अनलाइन कक्षा अध्ययनका लागि सहज होस् भन्ने उद्देश्यले २०७७भदौमा नेपाल टेलिकमसँग ‘ह्याप्पी लर्निङ प्याक’ का लागि सम्झौता गरेको थियो ।देशभरका विद्यालयस्तरका विद्यार्थीले न्यूनतम मूल्यको ‘ह्याप्पी लर्निङ प्याक’ सहज रूपले प्रयोग गरे ।प्याकेजका प्रयोगकर्ताले तीन सय १५ रुपैयाँमा २४ जीबी र पाँच सय रुपैयाँमा ३५ जीबी डाटा प्राप्त गरे ।

२४ जीबी डाटा प्याकेजमा २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा इ–लर्निङ एप्लिकेसन प्रयोग गर्न र बाँकी चारजीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने थियो । यस्तै, ३५ जीबी डाटा प्याकेजमा ३० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा इ–लर्निङ एप्लिकेसन प्रयोग गर्नर बाँकी पाँचजीबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न मिल्ने थियो ।

शैक्षिक गतिविधिलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर स्थानीय सरकारको रूपमा रहेका पालिकाहरूले पनि केही प्रयास भने गरे । नेपालको विद्यालय शिक्षा प्रणालीमा एक शैक्षिक सत्रमा सामान्यतया दुई सय दिन पढाइ हुनुपर्छभन्ने कुरा शिक्षा ऐनमा उल्लेख गरिएको छ । कोरोना महामारीका कारण २०७७को शैक्षिकसत्र करिब सात महिना अन्यौलग्रस्त बन्यो । थोरै विद्यालयले मात्र वैकल्पिक प्रणालीबाट निरन्तरता दिने प्रयास गरे । तर, ती प्रयास पनि सबै सफल देखिएनन् । २०७८ सालको शैक्षिकसत्र पनि असारबाट सुरुशुरु भएपनिको छ तर, विद्यार्थीलाई कक्षाकोठामा भौतिक रूपमा उपस्थित गराउन भने कहिलेदेखि मिल्ने हो त्यसको टुंगो छैन ।

मकवानपुरको सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने शैक्षिक संस्था मकवानपुर बहुमुखी क्याम्पसमा ११ र १२ कक्षामा कम्प्युटर साइन्स पढाउने उपप्राध्यापक इन्द्र सापकोटा भन्छन्– अभिभावकले ख्याल गर्न सक्ने परिबारका बालबालिका अनलाइन कक्षामा ध्यानपूर्वक पढ्ने तर अभिभावकको हेरचाह नपुगेका बालबालिका अनलाइन कक्षामा उपस्थित नै हुँदैनन् । कम्प्युटर साइन्स पढ्ने अंग्रेजी माध्यमका विद्यार्थी प्रायः कक्षामा सहभागी हुने गरेको तर नेपाली माध्यमको कमर्स विषय पढ्ने विद्यार्थी ४० जनाको कक्षामा छ÷सातजना मात्र उपस्थित हुने गरेको सापकोटाको अनुभव छ । लकडाउनका कारण घरबाहिरनिस्कन नसकिने भएपछि अभिभावकलाई आफ्ना नानीबाबुको पढाइलाई निरन्तरता दिने विषयमा दबाब बढ्दै गयो । कहिलेकाँही डाटा प्याक किनेर इन्टरनेट चलाउने अभिभावकलाई पनि थुप्रै सुविधाका कारण नियमित रूपमा इन्टरनेट जडान गर्न बाध्य बनायो ।

कोरोना महामारीका कारण बालबालिकालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउन पनि अधिकांश अभिभावकले इन्टरनेट जोडे । कम्प्युटर, ल्यापटप, ट्याबलेट वा मोबाइलजस्ता ग्याजेटमावाईफाईको सुविधा भएपछि संसार उपलब्ध हुने थाहा पाएपछि बालबालिका पनि त्यसमै रमाउँदै र अभ्यस्त हुँदै गए । ‘सन्तान घरभित्रै बसेको र ग्याजेटमा केही सिकिरहेको बुझाइमा अधिकांश अभिभावक मख्ख परे तर,तिनले ग्याजेटमा के गरिरहेछन् भन्नेमा ख्यालै गरेनन्’, काठमाडौं कोटेश्वरनिवासी एक अभिभावक पुरुषोत्तम पराजुली भन्छन्,‘खेल खेलिरहेका छन् वा के हेरिरहेका छन् ? के गरिरहेका छन् ? भन्ने विषयलाई अधिकांश अभिभावकको तर्फबाट कुनै महŒव दिइएन । फलतः बालबालिकामा प्रविधिको गलत प्रयोग बढ्यो ।’ आगामी दिन ग्रामीण भेगका बालबालिकाको अगाडि चुनौति थपिँदो अवस्थामा छ ।

कोरोना भाइरस
कोभिड महामारीका कारण अधिकांश गतिविधि अनलाइन तथा भर्चुअल माध्यमबाट हुन थालेपछि डाटा प्रयोगकर्ताको संख्या ह्वातै बढेको नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । प्राधिकरणको एमआईएस रिपोर्टअनुसार नेपालका मोबाइल सेवा प्रदायक तथा इन्टरनेट सेवाप्रदायकले दिएको जानकारी अनुसार २०७८ बैशाखसम्ममा दुईकरोेड ६४ लाख इन्टरनेट प्रयोगकर्ता पुगेका छन् ।

पछिल्लो समय चौथो पुस्ताको फोरजी र फाइबर टूदि होम (एफटीटीएच) सेवामा सेवाप्रदायकको आकर्षण बढी देखिएको छ । तथ्यांकअनुसार हाल नेपालमा दुई करोड ६३ लाख ५६ हजार जनसंख्यामा ब्रोडब्यान्ड इन्टरनेटको पहुँचछ ।मोबाइल ब्रोडब्यान्डतर्फ नेपालका तीन ठुला भ्वाइस सेवाप्रदायक कम्पनी रहेका छन् भने फिक्स्ड इन्टरनेटतर्फ २० भन्दा बढी कम्पनीले एफटीटीएच सेवामार्फत् घरघरमाा इन्टरनेट सेवा उपलब्ध गराएको देखिन्छ ।जस अनुसार अहिले एफटीटीएचतर्फ ५९ लाख ४२ हजार ६४ जना प्रयोगकर्ता छन् भने नेपाल टेलिकमको एडीएसएल सेवामाआठ लाख १२ हजार सेवाग्राही छन् ।एफटीटीएच इन्टरनेटमा भने नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायकले आक्रामक रूपमा सेवा विस्तारसँगै प्रयोगकर्तासमेत बढाइरहेका छन् ।

कोरोना महामारीका कारण एफटीटीएच नै सेवाग्राहीको रोजाइमा रहेको सेवाप्रदायक कम्पनीहरूले बताउँदै आएका छन् । अहिले पनि नेपालमा मोबाइल डाटाभन्दा एफटीटीएच फिक्सड इन्टरनेट नै प्रभावकारी र सस्तो रहेको उपभोक्ताको अनुभवछ ।उपत्यकामा एफटीटीएचको बढी प्रयोग भएपनि ग्रामीण भेग तथा फिक्स्ड इन्टरनेटको पहुँच नपुगेका ठाउँमा नेपालका दुई ठुला मोबाइल सेवाप्रदायक नेपाल टेलिकम र एनसेलले मोबाइल ब्रोडब्यान्ड सेवा दिइरहेका छन् । मोबाइल ब्रोडब्यान्डतर्फ थ्रीजी र फोरजी सेवा उपलब्ध छ ।नेपालमा अहिले थ्रीजीको पहुँच एक करोड १५ लाख ६५ हजार जनसंख्यामा छ भने फोरजी ७६ लाख ६८ हजार प्रयोगकर्ता रहेकोनेपाल दुरसञ्चार प्राधिकरणले जनाएको छ ।

एफटीटीएचतर्फ २२ प्रतिशत, मोबाइल ब्रोडब्यान्डतर्फ ६४ प्रतिशतको पहुँचमा डेटा इन्टरनेट पुगेको बताइएको छ ।

हालसम्म नेपालमा ८७ प्रतिशत जनसंख्यामा ब्रोडब्यान्ड इन्टरनेट पुगेको दाबी प्राधिकरणको छ । तर यो तथ्यांक आफैंमा विश्वसनीय छैन । कोरोना महामारीबीच अर्थात एकवर्षमै नेपालमा ४५ लाख डाटा प्रयोगकर्ता बढेको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।यो अवधिमा बालबालिकाको शिक्षाका लागि नेट जोड्ने अभिभावकको संख्या कति छ ? भन्ने तथ्यांक भने कतै भेटिँदैन ।

थाहा नगरपालिकास्थित जनकल्याण माविका प्रधानाध्यापक सानुभाइ कार्की भन्छन्– ‘प्राविधिक विषयमा उच्चशिक्षा अध्ययन गरिरहेका विद्यार्थीका लागि अनलाइन कक्षा केही उपयोगी देखिएको भए पनि समग्रमा वैकल्पिकविधिको रूपमा अपनाइएको अनलाइन कक्षा प्रभावकारी देखिएन ।’ कक्षाकोठामा भौतिक उपस्थितिमा पनि शिक्षकको प्रत्यक्ष निगरानी चाहिने विद्यार्थीलाई अनलाइन कक्षा प्रभावकारी नभएको कार्कीको अनुभव छ । सरकारले एजुकेसन एप मात्र चलाउन मिल्ने गरी प्रविधिको विकास गरेको खण्डमा मात्र विद्यालय तहका बालबालिकालाई अनलाइन कक्षा प्रभावकारी हुने प्रअ कार्कीको बुझाइ छ । घरमा अभिभावकको आँखा छलेर आफूखुसी साइटमा लाग्ने विद्यार्थीका लागि एजुकेसन एपको आवश्यक रहेकोउनी बताउँछन् । नानीबाबुलाई कोभिड–१९ को महामारीमा घरबाहिर ननिस्कने वातावरण बनाउन मोबाइल वा ल्यापटप अनिवार्य शर्त भएको अभिभावकहरू बताउँछन् । बालबालिकालाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउन अधिकांश अभिभावकले ल्यापटप वा मोवाइल उपलब्ध गराएका छन् । तर, ती बालबालिकाले मोवाइलमा के खेलिरहेका छन् वा के हेरिरहेका छन् ? भन्ने विषयलाई कुनै महŒव दिइएन । फलतः बालबालिकामा प्रविधिको गलत प्रयोग बढ्यो ।

मकवानपुरको मनहरीस्थित राष्ट्रिय रोटरी माविका बालबालिका पनि अनलाइन कक्षाको बहानामा बरालिएको पाइएको विद्यालयका प्रधानाध्यापक गोविन्द पौडेल बताउँछन् । मनहरी गाउँपालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालयमध्येआठवटामा माध्यमिक कक्षा चलेको छ । अधिकांश माविका बालबालिका भने इन्टरनेटको पहुँचमा छैनन् । मनहरीको रोटरी माविका विद्यार्थी अनलाइन कक्षामा बस्ने बहानामा अनलाइन खेलमा एडिक भएको अनुभव सुनाउँछन् प्रअ पौडेल । मकवानपुरको बकैया गाउँपालिकाका शिक्षा प्रमुख आइतराम तामाङ भन्छन्–‘अभिभावक बालबालिकालाई आफूसँगै राखेर अनलाइन कक्षा लिन वा दिन सक्ने अवस्थामा हुँदैनन् । एक त ग्रामीण क्षेत्रमा वैकल्पिक पढाइमा पहुँच छैन । पहुँच पुगेका बालबालिकामा पनि अध्ययनभन्दा कुलतमा ध्यान केन्द्रीत गरेको पाइएको छ ।’ अधिकांश विद्यालयका प्रधानाध्यापक तथा विषयशिक्षकको अनुभवमा बालबालिकालाई इन्टरनेटको माध्यमबाट वैकल्पिक कक्षा लिन कठिन रहेको अवस्था छ ।

जनकल्याण माविमा कक्षा आठदेखि १२ सम्म पढ्ने ३० प्रतिशत बालबालिका मात्र इन्टरनेटको पहुँचमा रहेको पाइएको छ । गाउँपालिका राष्ट्रिय महासंघका महासचिव रहेका इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष वंशलाल तामाङ गत वर्ष कोरोना अवधिका लागि सरकारले बनाएको आकस्मिक कार्ययोजनाले पूर्णरूपमा काम गर्न नसकेको बताउँछन् । गत वर्षपोहोर कोरोनाको प्रभाव ग्रामीण क्षेत्रमा धेरै नदेखिए पनि यो वर्ष कोरोनाको प्रकोप गाउँबस्तीसम्म पुगेकाले गत वर्षको आकस्मिक कार्ययोजनाले यो वर्ष काम नगर्ने तर्क उनको तर्क छ । ‘यो वर्ष कोरोना संक्रमण नभएको ठाउँ नै भेटिन्न’, तामाङ भन्छन्– ‘शिक्षकहरू समूह–समूहमा गाउँबस्तीमा जाने अवस्था छैन ।’

मकवानपुरको बिकट मानिने राक्सिराङ गाउँपालिकाका शिक्षा प्रमुख प्रदीप पराजुली भन्छन्– ‘डाटा चलाएर अनलाइन कक्षा लिन सम्भव नभएपछि योबैकल्पिकविधिको प्रयासै गरिएन । अधिकांश विपन्न समुदायका चेपाङ बाहुल्य बस्ती रहेको राक्सिराङमा इन्टरनेटको पहुँच बिस्तार भएको छैन । प्रविधिको पहुँच नभएको स्थानमा अनलाइन कक्षा सम्भव नै भएन ।’शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं योजना महाशाखा प्रमुख डा. तुल्सी थपलियाका अनुसार मन्त्रालयले विद्यार्थीलाई अनलाइन सिकाइमा जोड्न वेभ पोर्टल बनाएको छ । रेडियो तथा टेलिभिजनबाट शिक्षण गराउने व्यवस्था मिलाइएको छ ।

टीभी कक्षाले तान्दैन ध्यान
मन्त्रालयलसरकारले टेलिभिजनमार्फत पनि पढाउने काम गरिरहेको छ । तर, त्यसरी पढाएका सामग्री ग्रामीण क्षेत्रका विद्यार्थीको मनोभावना अनुसारको देखिँदैन । त्यहाँ विद्यार्थीले नबुझेको कुरा सोध्न पाउँदैनन् । यो एकोहोरोविधि कमजोर विद्यार्थीका लागि उपयुक्त नभएको बालकुमारी मावि चितवनका व्यवस्थापन समिति अध्यक्ष बद्री अधिकारी बताउँछन् । बालकुमारी माविमा ७ सयको हाराहारीमा विद्यार्थी अध्ययन गरिरहेका छन् । सबैको घरमा एउटा मात्र टेलिभिजन हुन्छ त्यो पनि बालबालिकाको पढाइमा उपयोग नभएको अध्यक्ष अधिकारीको धारणा छ ।
यसअघि भरतपुरको आदिकवि माविको व्यवस्थापन समितिका अध्यक्षसमेत भएका उनी थप्छन्– ‘महानगरको सशहरी क्षेत्रमा तपनि सबै बालबालिका इन्टरनेटको पहुँचमा छैनन् । त्यसैले पनि कक्षाकोठामा शिक्षक विद्यार्थीबीच अन्तरक्रियात्मक अध्ययन विधि नै सबैका लागि उपयुक्त हो ।’

टेलिभिजनको पढाइमा बालबालिकाले पूर्णरुपमा ध्यान दिने गरेका छैनन् । मकवानपुरको हाँडीखोलाकी जुनेलीमाया तामाङलाई छोराछोरीलाई टेलिभिजनबाट पढाउन स्थानीय शिक्षकहरुहरूले सल्लाह दिए । उनले छोरालाई टेलिभिजन खोलेर पढ्न आग्रह गरिन् । एकैछिनमा गाईबस्तुको धन्दा गर्न गोठतिर लाग्दा छोराले च्यानल अन्तै लगाइसकेको उनको भनाइ अनुभव छ । बालमनोबिज्ञान बुझेर त्यसै अनुरूपको व्यवहार गर्ने अभिभावकको संख्या ज्यादै थोरै छ ।यो समस्या अधिकांश ग्रामीण क्षेत्रका अभिभावकले भोगेका छन् ।

संस्थागत विद्यालयले अभिभावकलाई विद्यालयले सञ्चालन गरेको भर्चुअल कक्षामा छोराछोरीलाई अनिवार्य रूपमा जोड्न आग्रह गरेको थियो । संस्थागत विद्यालयका ९० प्रतिशत बालबालिका इन्टरनेटको पहँुचमा रहेको प्याब्सन संस्थागत विद्यालय अर्गनाइजेसनले जनाएको छ । संस्थागत विद्यालयहरूमा विद्यालयले अनिवार्य गरेको प्याब्सन नेपालका केन्द्रीय सदस्य मदन दाहालका अनुसार, को भनाइ छ । भर्चुअल कक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई संस्थागत विद्यालयले वर्कसिट बनाएर वितरण गर्ने गरिऐको छ । उनी बताउँछन् ।

कोरोना संक्रमण अझै केही समय लम्बिनसक्ने देखिएको छ। यस्तो अवस्थामा बालबालिकालाई कसरी प्रभावकारी ढंगले शैक्षिक गतिविधि र सिकाइ क्रियाकलापसँग जोड्न सकिन्छ भन्ने विषयमा विद्यालयहरूमा निरन्तर छलफल र अन्तक्र्रिया भइरहेकोे बताउँछन् शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका उपसचिव एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेल ।उनी गुरुकुल पद्धद्दतिदेखिको हाम्रो सिकाइ विधिलाई वर्तमानका इ–लर्निङ र भर्चुअल कक्षाका बीचमा फ्यूजन गराउनुपर्ने आवश्यकता उनी बताउँछनऔंल्याउँछन् । विद्यालय, शिक्षक, विद्यार्थी र अभिभावकसम्म वैकल्पिक सिकाइका विभिन्न विधिमध्ये स्थानीय अवस्था अनुकूलको उपयुक्त तरिका अपनाउन पनि उनकोी सुझाव दिन्छन् ।

प्रविधिको दुरूपयोग कसरी रोक्न एजुकेशन एप े ?
कुनै जमानामा गुरुकुल शिक्षा पद्दति थियो जहाँ शिष्यले गुरुको आदेश अक्षरसः पालना गर्दथे । खरी र कालोपाटो सिलोट भिरेर गुरुकुलमा धाउने परम्परा अहिले छैन । केही वर्ष अघिसम्म चक डस्टर घोटेर विद्यार्थीलाई सिकाउने विद्यालयले पनि अहिले मल्टिमिडियाको प्रयोग गर्न थालेको छन् । पछिल्लो पुस्ताका विद्यार्थी स्क्रिीनमैत्री बन्दै गएपछि सिकाइको प्रक्रियामा पनि परिवर्तन जरुरी रहेछ भन्ने अनुमान लगाउठान्न थालिएको छ । प्रविधिको प्रयोग गर्न नसक्ने शिक्षकलाई अहिलेका बालबालिकाले रुचाउन छोडेका छन् ।

थाहा नगरपालिकास्थित जनकल्याण माविका प्रधानाध्यापक सानुभाइ कार्कीको मूल्यांकनमा प्राविधिक विषयमा उच्चशिक्षा अध्ययन गरिरहेका विद्यार्थीका लागि अनलाइन कक्षा केही उपयोगी देखिएको भए पनि समग्रमा वैकल्पिक विधिको रूपमा अपनाइएको अनलाइन कक्षा प्रभावकारी देखिएन । कक्षाकोठामा भौतिक उपस्थितिमा पनि शिक्षकको प्रत्यक्ष निगरानी चाहिने विद्यार्थीलाई अनलाइन कक्षा प्रभावकारी नभएको कार्कीको अनुभव छ ।

सरकारले एजुकेसन एप मात्र चलाउन मिल्ने गरी प्रविधिको विकास गरेको खण्डमा भने विद्यालय तहका बालबालिकालाई अनलाइन कक्षा प्रभावकारी हुने कार्कीको बुझाइ छ । घरमा अभिभावकको आँखा छलेर आफूखुसी साइटमा लाग्ने विद्यार्थीका लागि एजुकेसन एप चाहिएको उनी बताउँछन् ।

बालबालिकालाई उपयोगी एजुकेसन एप तयार गर्न र यसको व्यवसाय गर्ने क्रम बढ्दो छ । प्याब्सनका केन्द्रीय सदस्य दाहाल भन्छन्–‘ठुला विद्यालयले आफ्नै एप बनाएका छन् तर, त्यस्ता विद्यालय देशभरमा १० प्रतिशत जति होलान् । बालबालिकालाई इन्टरनेटमा खराब साइट हेर्न वा अनलाइन गेमको लतबाट जोगाउन शैक्षिक गतिविधिमा मात्र उपयोग गर्न मिल्नेगरी प्रविधिको विकास गर्न सकेको खण्डमा मात्र विद्यालय तहका बालबालिकालाई अनलाइन कक्षा प्रभावकारी हुने देखिन्छ ।’ घरमा अभिभावकको आँखा छलेर आफूखुसी साइटमा लाग्ने विद्यार्थीका लागि एजुकेसन एपको आवश्यक छ । बन्दुक चलाउन नजान्ने ब्यक्तिलाई बन्दुक दिएको जस्तै भएको छ खासगरी ग्रामीण भेगका बालबालिकाका लागि मोबाइल र ल्यापटप । बालबालिकाले प्रविधिको दुरुपयोग गर्ने समस्या बसथोरै अभिभावकले महसूस गरेका छन् ।

यसको उपाय के त?

“निगरानी अभिभावकबाटै हरेक अभिभावकले बालबालिकाको गतिविधिमा निगरानी बढाउनुपर्छ”, र्ने धारणा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोरको सुझाव छ । उनका अनुसार एकवर्षअघिको लकडाउन यता कुनैपनि अभिभावकले सन्तानले गरेकोप्रविधिको दुरूपयोगगरे भनेर उजुरी भने गरेका छैनन् । यो घरायसी समस्या भएकाले प्रहरीमा नआएको पनि हुनसक्ने उनको अनुमान छ ।

उजुरी गर्दैमा उपाय पनि निस्किँदैन किनकि बालबालिकाले पढ्ने बहानामा गरेको साइबर अपराधको कानुनी उपचार पनि छैन । नभएको साइवर लका विज्ञ अधिवक्ताहरूका अनुसार ऋषि केबी बताउँछन् । ‘बालबालिकालाई सम्झाइबुझाइ गर्ने हो भनेसमस्या हुँदैन । यो गतिविधिमा कुनैपनि कानुन आकर्षित नहुने भएकाले विकल्प त्यही नै हो’, उनी भन्छन्, ‘अभिभावकले बालबालिकालाई निगरानी गर्ने र डिजिटल दुनियाँको आपराधिक गतिविधिमा लाग्न नदिने नै एक मात्र हो ।’उच्चशिक्षा पढ्ने विद्यार्थीले त कुरा बुझेका हुन्छन् तर, विद्यालय जाने उमेर समूहका बालबालिकाले नबुझिकनै दुरुपयोग गरिसक्छन् । तसर्थ उनीहरूलाई ाई परिवारबाटै निगरानी हुनुपर्छ । बालबालिकालाई सम्झाइ बुझाइ गर्ने हो भने समस्या नहुने शिक्षाविदहरूको पनि विचार पाइन्छ । र्ने धारणा केबीको छ ।
कोरोना महामारीको प्रकोप पहिलो चरण, दोस्रो चरण हुँदै तेस्रो चरणमा प्रवेश गर्दैछ । तेस्रो चरणको प्रभाव खासगरि बालबालिकामा पर्ने विज्ञ र चिकित्सकले भनिरहेका छन् । यो महामारी कहिलेसम्म रहने हो भन्ने कुराको पनि कुनै निश्चित टुंगो छैन । बालबालिकालाई विद्यालयमै उपस्थित गराएर पठनपाठन गर्ने वातावरण बनिहाल्छ भन्ने अवस्था पनि अहिले देखिँदैन ।

बागमती प्रदेशको पढाइ
बागमती प्रदेशका १३ जिल्लामध्ये काठमाडौं भ्याली उपत्यका बाहेकका १०वटा जिल्ला सदरमुकाममा मात्रै इन्टरनेटको पहुँच छ ।विद्युतीकरण नभएका, नेपाल टेलिकम वा एनसेललगायतनिजीक्षेत्रका टेलिफोन सेवा प्रदायक कम्पनीको नेटवर्कको पहुँच नपुगेका ग्रामीण बस्तीमा भर्चुअल कक्षाको परिकल्पना गर्न सकिन्नँ ।

यस्तो तिबेलामा विद्यार्थीलाई कसरी वैकल्पिक शिक्षामा जोड्न सकिन्छ ?भनेर छलफल भइरहेको धादिङका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख अम्बिका आचार्य बताउँछन् । धादिङका विकट र ग्रामीण क्षेत्रमा अनलाइन कक्षाको पहुँच पुग्न सकेको छैन । साना कक्षा बालबालिकालाई कुनैपनि बिकल्पबाट औपचारिक शिक्षामा जोड्न नसकेपछि अभिभावकलाई नै हप्तामा एकपटक विद्यालयमा बोलाएर बालबालिकालाई गृहकार्य दिने व्यवस्था गरिएको उनी बताउँछन् । उनका अनुसार प्रविधिमा कमजोर रहेका शिक्षकलाई प्रविधिमैत्री बनाउने कार्यमा शिक्षक संघ, संगठन, मञ्च, परिषद्का नेतृत्वलाई आग्रह गरिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठनले ‘२०७७जेठदेखि शिक्षक निदाएका छैनन्’ भन्ने अभियान सञ्चालन गरी भर्चुअल मिटिङ गर्ने र शिक्षकलाई अनलाइन तालिम दिने काम गरेको थियो । विभिन्न जिल्लाका शिक्षकहरूलाई जुम मिटिङमा जोडेर एकापसमासिक्ने, सिकाउने काम प्रभावकारी भएको संगठनका मकवानपुर अध्यक्ष श्रीराम दाहाल दाबी गर्छन् । तर, मकवानपुरमा रहेका दरबन्दीका करिब तीन हजार र निजीस्रोतका करिब एक हजारसमेतगरी करिब चार हजार शिक्षकमध्येप्रविधिको प्रयोग गर्न सक्ने शिक्षक २० प्रतिशतभन्दा कम छन् । प्रविधिको प्रयोगबाट शिक्षण सिकाइ गर्न सक्ने शिक्षक जम्माजम्मी २० प्रतिशत मात्रै रहेको अनुमान शिक्षक संघका जिल्ला अध्यक्ष रामकुमार अधिकारीको छ । लामो समय विद्यालय बन्द भएको समयमा पनि सामुदायिक विद्यालयका शिक्षकहरूले प्रविधिमा आफूलाई अद्यावधिक गर्न नसकेको अनुभूति भएको अधिकारी बताउँछन् ।

एकातिर शिक्षक दरबन्दी, दक्ष शिक्षक, भौतिकरूपमा विपन्न विद्यालय, छात्रामैत्रीशौचालय, शुद्ध पिउने पानी, खेलमैदानआदिको समस्याछँदैछ भने अर्कोतिर कोरोना महामारीका कारण लाखौं बालबालिकाको भविष्य अन्यौल बन्दै गएको छ । सामुदायिक विद्यालयहरूमा वैकल्पिक माध्यमबाट गरिएको शिक्षण सिकाइको प्रभावकारिताको बारेमा पनि अध्ययन गरिरहेको बागमती प्रदेशको शिक्षा विकास निर्देशक लुईंटेल बताउँछन् । यो अनुसन्धानकै क्रममा भएकाले प्रभावकारिताका बारेमा केही भन्न नमिल्ने उनको भनाइ छ। दुर्गमका विद्यालयमा आठ प्रकारका स्वाअध्ययन सामग्री छपाएर वितरण गरिएको पनि शिक्षा विकास निर्देशनालयले जनाएको छ ।

निष्कर्षसमन्वय र पहुँच बढाऊँ
कक्षाकोठामा शिक्षकले छलफलको विधिमा पढ्ने पढाउने बानी परेका शिक्षक र विद्यार्थीलाई भर्चुअल कक्षा त्यत्ति सहज भने छैन । तैपनि नहुनु मामाभन्दा कानो मामा निको भन्ने नेपाली उखानजस्तै चलिरहेको भर्चुअल कक्षालाई अझै ग्रामीण क्षेत्रसम्म बिस्तार गर्न सकेको खण्डमा बालबालिका र अभिभावकले राहतको अनुभूतिगर्न सक्थे । धादिङको रुबी भ्याली गाउँपालिकाले चालु आव २०७७÷७८ को बजेटबाट पालिकामा रहेका सबै (२१ वटै) विद्यालयमा इन्टरनेट जडान गरेको छ । तर, नेट नचलेको भनेर विद्यालयबाट बारम्बार गुनासो आइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंक नेगी बताउँछन् । रुबी भ्याली जस्तो बागमती प्रदेशकै सबैभन्दा बिकट पालिकाले त पालिकाको सबै विद्यालयमा ईन्टरनेट जडान गरेको छ भने अन्य पालिकाले पनि यसबाट सिक्न जरुरी छ । कक्षा १० सम्मको शिक्षाको जिम्मेवारी पालिकालाई दिइएको छ । तर, अधिकांश पालिकाहरुहरूले शिक्षा, स्वास्थ्यमा भन्दा सडक, भवन जस्ता पूर्बाधारमा बल गरिरहेका छन् ।

तीन वर्षअघि शिक्षा मन्त्रालयले दुई वर्षसम्मको शुल्क तिरेर नेपालका ४५ जिल्लाका माविमा निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक कम्पनीलाई ठेक्कामा दिएको थियो । दुई वर्षसम्म सरकारले पैसा तिरेको भए पनि विद्यालयको नेट राम्रोसँग नचलेको गुनासो धेरै विद्यालयबाट आएको थियो ।सरकारले भर्चुअल सिकाइको प्रभावकारिता कस्तो छ ? कसरी थप गुणस्तरीय बनाउन सकिन्छ भनेर अध्ययन गर्न जरुरी छ ।

कोरोना महामारीजस्तै अरूखाले प्राकृतिक विपत्ति फेरि पनि आउन सक्छ । त्यसैले विकल्पको खोजी गर्ने काम बेलैमा गर्नुपर्छ ।पछिल्ला दिनमा बालबालिका ग्याजेटमा बढी रमाउन थालेका छन् । बालबालिकाको रुची बुझेर नियमित सिकाइ अभ्यासलाई पनि समयानुकूल परिवर्तन गर्दै लैजान तीनै तहका सरकारको समन्वयको खाँचो छ । बालबालिकाले भयरहित वातावरणमा प्रविधिमैत्रीशिक्षाहासिल गर्नेपाउने वातावरण बनाउने दायित्वहामी सबैको हो ।

(बागमती प्रदेश संचार रजिष्ट्रार कार्यालयको लेखनबृत्ति)