अन्तर्वार्ता

बाहुनवाद र केही अधिकारकर्मीले गर्दा दलितको आवाज माथि उठ्न सकेनः गणेश रसाईली

प्रहर संवाददाता
प्रहर संवाददाता
१६ असार २०७८, बुधबार ११:२०

नेपालमा प्रायःजसो राजनीतिक घटनाले देश तातिन्थ्यो भने अहिले कोठा नपाएकी रुपा सुनारको विषयलाई लिएर मुलुकमा तीब्र बहस भइरहेको छ । जातीय छुवाछुत भयोे भनेर यतिबेला सामाजिक संजालमार्फत् मुलुक तातिएको छ । यस विषयलाई लिएर मानिसहरुले आ–आफ्ना तर्क प्रस्तुत गरेका छन् भने विभिन्न किसिमका प्रश्नहरु पनि उठेका छन् । त्यही प्रश्नहरुलाई प्रष्ट पार्नका लागि लामो समयदेखि मकवानपुरमा रहेर दलित हकअधिकारको लागि संर्घष गर्दै आईरहेका दलित अधिकारकर्मी तथा समाजसेवी गणेश रसाईलीसँग प्रहरखबरकर्मी इन्द्रजीत देबकोटाले गरेको संक्षिप्त कुराकानी प्रस्तुत छ ।

प्रश्नः हाल चर्चामा रहेको रुपा सुनारको सन्र्दभमा यहाँको बुझाई के छ ?

उत्तरः– रुपा सुनारमाथि सरस्वती प्रधानले अन्याय र जातीय विभेद गरेकै हो ।

प्रश्नः कोठा नदिने नेवार, कोठा नपाउने सुनार र विभेद ग¥यो भनेर गाली खाने बाहुन । यो प्रसंग अलि अमिल्दो भएन र ?

उत्तरः कोठा नदिएको नेवारले होइन । सरस्वती प्रधानले हो । यो जातीय विभेदको नमुना हो । नेवार समुदायले नै जातीय मुद्दा उठाएको हो । रुपा सुनारले उजुरी सम्पूर्ण नेवार समुदायलाई हालेको होइन । सबै नेवार समुदायको कमजोरी छैन यसमा ।

प्रश्नः रुपा सुनारलाई केही अवसरबादी दलित अधिकारकर्मीले डलर पचाउन प्रयोग गरे भन्ने सामाजिक संजालमा आरोप पनि छ त ?

उत्तरः– उनी एक संचारकर्मी, गाउँकी साधारण नारी हुन् । यदी उनी प्रयोग नै हुने भए एनजिओ आईएनजिओबाट पैसा लिएर आफैं घर बनाउथिन्, किन कोठा खोज्न जान्थिन् र ?

प्रश्नः जातीय छुवाछुतविरुद्धको तपाईहरुको आन्दोलन सडक र शहरमा मात्रै भयो । गाउँमा पुग्न किन सकेन ?

उत्तरः– त्यसो होइन । गाउँमा पनि पुगेको छ । तर, जहाँ पुग्नु पर्ने माथिल्लो जाति भन्ने ठाउँमा त्यहाँ चाहिँ पुगेन छ । राज्यले नै विभेद गरी कानुन बनाएको छ । जुन कानुन दलित समुदाय भित्र नै गुमिरहेको छ ।

प्रश्नः दलित करोडपतिको छोराले स्कुलमा छात्रवृत्ति पाउँछन् । तर, गरिब बाहुनको छोराले छात्रवृत्ति पाउँदैनन् । यसमा राज्यले नै विभेद गरेको भन्ने कुरा छ । यहाँ कोटा छुट्याउनु पर्ने हो या क्षमता छुट्याउनु पर्ने हो ?

उत्तरः– बर्ग छ हामीले स्वीकार गर्नुपर्छ । व्राम्हण भन्दैमा सबै पुँजीपति छैनन् । त्यहाँ बर्ग छ । तर, हामीले खोजेको के हो भने सबैले बुझ्ने कुरा हिजो नेपालमा जात ब्यवस्था जसरी विजारोपण गरियो । त्यो जात नेवार समुदाय भित्र पनि छ । त्यहाँको जात पेशामा आधारीत देखिन्छ । तर, तागाधारी भित्र चाहिँ जंगबहादुर राणाले बनाएको मुलुकी ऐन चाहिँ जातमा विभाजन गरी ल्याएको छ । कानुनै बनाएर त्यो मासिने जात काटिनु पर्ने लगायत विभिन्न जात नै बनायो । नेवारसमुदाय भित्र चाहिँ केमा जात बनायो भन्दा पेशामा जात बनाएको छ । त्यहाँका सबैको पेशा भन्न सक्छु यो यो कारणले ।

तर, तागाधारीले के ग¥यो ? भन्दा आरन चलाउने कामी हुन्छ । लुगा सिलाउने दमाई हुन्छ । जुत्ता सिलाउने सार्की हुन्छ भनेर पढ्ने पनि शिक्षा हुन्छ । राज्यले ल्याएको शिक्षा नीतिमै दलित समुदायमाथि विभेद गरेको छ । आज आएर दलित समुदायले कोटा पायौँ भन्ने कुरामा सबैको विरोध छ । तपाई आफैं भनिदिनुस् हिजो राज्यको बिर्ता पाउनेमा को को छन् त्यो अध्ययन गर्न जरुरी छ । को कसले बिर्ता लिएका रहेछन् । हामी चाहिँ श्रम ऐन अनुसार काम गर्छौँ । दैनिक रुपमा अन्नपात लिएर श्रम गथ्यौँ हामी श्रमजीबी जनता । अनि त्यो नगर्नेहरुको बिर्ता छ कि छैन ? अनि अर्को कुरा देशमा हजारौँ हजार मठ मन्दिरहरु छन् । त्यहाँ संकलन भएका रकम कसले प्रयोग गथ्र्यो र गर्दैछन् ? संकलन हुने सबै राज्यको सम्पती हो त्यो । त्यो संकलित रकम उपभोग गर्ने ब्राम्हणहरु हुन् । त्यहाँ दलितहरु कहाँ कहाँ छन् ? त्यो अध्ययन गरिदिनु प¥र्यो ।

अनि अर्को कुरा, राज्यसत्तामा दलितहरुको पहुँच कहाँ कहाँ रहेछ । आजसम्म कति कोटा पाएका छन् ? विं.सं. २०६३ सालबाट केही कोटा दिएर ६० लाख दलित सबै सम्पन्न भए । सबै सिध्याउने भयो भनेर हंगामा बच्चाउनु भनेको यो लाज मार्दो कुरा होइन ?

प्रश्नः दलित अधिकारकर्मी प्रायः सबै कुनै न कुनै राजनीतिक पार्टीमा आबद्ध छन् । ती दतिल अगुवाहरु पद प्राप्तिको लागि जजसले कोटा पाए उनीहरु दलितको आवाज उठाउन छोडेर पार्टीका झोले बने भन्ने आरोप छ नि ?

उत्तरः– केही सवालमा भन्ने हो भने जुन ब्यवस्था जसरी लोकतन्त्र, गणतन्त्र आइसक्दा यो संघसंस्था तथा पार्टीगत बिचारमा आबद्ध हुने भएपछि त्यहाँ केही समस्या देखापरेको छ । कस्तो समस्या देखा प¥र्यो भने सत्ता पक्षमा जो छ उ दलितको समस्यामा नबोल्ने विपक्षमा छ बोल्ने । त्यो खालको समस्या हालसम्म जारी छ । फेरि अहिले सत्ता पक्षमा भएकाहरु प्रतिपक्षमा भए भने बोल्ने, प्रतिपक्ष सत्तामा आएपछि नबोल्ने । सत्तामा भएकाहरुको स्वार्थीपन देखिन्छ ।

प्रश्नः– जो श्रममा विश्वास गर्छ त्यो दलित समुदाय । जो विहान बेलुकाको छाक श्रम गरेर टार्छ । उनीहरु त्यहाँ पुग्नै सक्दैनन् । परिवारको लाज ढाक्छ । उसलाई अनेक कुरा गर्न फुर्सद हुँदैन । आवाज उठाउँदा विहान बेलुकाको भातसँग सवाल छ, उनको छाकसँग सावाल छ । जो दलित अगुवा छन्, उनीहरुले त्यो आवाज उठाएनन् । विभिन्न माध्यबाट उनीहरु मोडिए । ती समस्याहरुको जिम्मेवारी दलित अगुवाले लिनुपर्ने होइन ?

उत्तरः– संघसंस्था खोल्ने जुन अधिकार छ त्यो धेरै भएको छैन । तर, हिजो टाउकोमा रातो टोपी लगाएर एक हातको लौरी हल्लाएर चालाएको देश र समाज हो यो । आज संघसंस्था खोल्ने अधिकार पाएपछि दलित अधिकारकर्मीलाई अगाडि आउन सकेनन् भन्नुको कारण के हो भने हिजोदेखि खोई त पढ्ने अवसर ? खोई विद्यालय प्रवेश, खोई विद्यालयमा अध्ययन गर्ने ? हामी जहिले पनि तलको तलै ? भरखर हामी बामेसरिरहेको अवस्था हो । त्यो पनि राज्यले कानुन बनाएर पारदर्शी रुपले कार्यान्वयन गर्न सकेको अवस्था छैन ।

प्रश्नः दलितका प्रायः कार्यक्रम पाँचतारे होटलमा हुने गर्दछन् । के लक्षित बर्गकै समुदायमा गर्न सकिदैन ?

उत्तरः स्तर भएकाले पाँचतारे होटलमा कार्यक्रम गरे । त्यस्तै माथिल्लो जात भनिनेहरुले गर्दा पाँचतारे होटलमा कार्यक्रम भयो । उहाँहरु तल झर्नु हुन्न । गाउँमा गएर हामी कार्याक्रम गछौँ । सबै समुदायका मानिसहरुलाई पनि बोलाउछौँ । यसबारेमा हजुरहरु पनि बोली दिनुप¥यो भन्दा मान्नुहुन्न । हाम्रो कार्यक्रमलाई बाहुनवाद र केही अधिकारकर्मी भन्नेहरुले नै ब्यवास्ता गरे । अनि कसरी समस्याको समधान हुन्छ ?

प्रश्नः दलित समुदायको स्तरवृद्धि गर्न राज्यले अबौँ लगानी गरेको छ । दलित समुदायको कुनै एक घर आईपुग्दा शुन्य अवस्थामा आईपुग्छ । कसरी ?

उत्तरः– दलित समुदायको लागि राज्यले विनियोजन गरेको रकम माथि नै अल्झिरहेको छ । कतिपय रकम तलब भत्तामै सकिन्छ । दलित आयोगमा कुनै विकास बजेट हुँदैन ।

प्रश्नः तपाईहरु जस्तो दलित अगुवाहरुले दलितको नाममा भएका मानवता विरोधी हिंसात्मक घटनाहरुलाई कसरी नियालीरहनु भएको छ ?

उत्तरः– दलित आन्दोलनलाई सहयोग गर्ने गैरदलितहरु पनि छन् । कतिले त ज्यान गुमाएका पनि छन् । । तर, रुकुम घटनालाई हेर्दा प्रेमसँग जोडिएको विषय जातसँग लगेर हिंसा गर्नु नस्लिय चिन्तन हो । जातको विषयमा सधैं लडाई झगडा गरी बस्नु भन्दा प्रेमपूर्वक समतामूलक समाजको निर्माण गर्नु पर्दछ ।

प्रश्नः तपाईलाई दलित समुदायका समस्या केके छन् भनेर राज्यले सोध्यो भने के भन्नु हुन्छ ?

उत्तरः राजनीतिक दललाई चेतना हुनुप¥र्यो । हालको विद्यालयस्तरमा प्रदान गरिने शिक्षा लुगा सिउने परियार, फलाम काम गर्ने कामी, जुत्ता सिउने सार्की भनेर पढाईन्छ । यसलाई राज्यले विद्यालय तहमै शिक्षाको सुधार गुर्नप¥र्यो । विभेद छ भन्ने कुराको अन्त्य गर्नुप¥र्यो । दलित समुदायमा पनि आफ्ना कमी कमजोरी छन् । नभएको होइन । यस्ता कमी कमजोरीलाई सुधार गर्नुप¥र्यो ।

प्रश्नः अन्तमा केही भन्नु छ ?

उत्तरः– विश्व समुदाय कहाँ पुगिसक्यो । हामी भने जातमै अल्झिरहेका छौँ । यसलाई छोडेर आर्थिक प्रगतितिर जानु पर्दछ भन्ने मलाई लाग्छ ।