फर्किए रजनीकान्त

प्रहर संवाददाता
प्रहर संवाददाता
२७ असार २०७८, आईतवार ११:४५

अभिनेता रजनीकान्तभारत फर्किएका छन् । अमेरिकामा स्वास्थ्य परीक्षण गरेर उनी ९ जुलाईमा स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न चेन्नई एयरपोर्टमा फ्यानको भिड लागेको थियो । रजनीकान्तका साथ उनको श्रीमती लता पनि अमेरिका गएकी थिइन् ।

रजनीकान्त हरेक वर्ष नियमित स्वास्थ्य चेकअपका लागि अमेरिका जाने गर्दछन् । यो पटक उनी १८ जुनमा अमेरिका उडेका थिए । उनी स्वास्थ्य परिक्षणका लागि केही अगाडि नै अमेरिका उड्नुपर्ने थियो । कोरोनाको कहरका कारण गरिएको लकडाउन र फिल्म सुटिङले जान सकेका थिएनन् । रजनीकान्तले २०१६ मा अमेरिकामै मृगौला प्रत्यारोपण गराएका थिए ।

रजनीकान्त पछिल्लो समय फिल्म ‘अन्नथे’ को काममा ब्यस्त छन् । फिल्मको १५ दिनको सुटिङ बाँकी रहेको छ । डाक्टरले उनलाई तत्कालै सुटिङ नगर्न सल्लाह दिएको भारतीय मिडियाले जनाएका छन् ।

फिल्म ‘अन्नथे’मा रजनीकान्तको अलवा कीर्ति सुरेश, मीना, खुशबु, प्रकाश राज र सुरीको मुख्य भूमिका रहनेछ । फिल्मको निर्देशक शिवा हुन् । फिल्मको रिलिज मिति २०२१ मै तय गरिएको थियो । रजनीकान्तको स्वास्थ्य, लकडान लगायत बिभिन्न कारणले सुटिङमा ढिला भएको कारण २०२१ मा रिलिज हुन नसक्ने भएको छ ।

यस अगाडि रजनीकान्त फिल्म ‘दरबार’मा देखिएका थिए ।