फुटबल टिमको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

प्रहर संवाददाता
प्रहर संवाददाता
३० असार २०७८, बुधबार १२:३९

काठमाडौं – राष्ट्रिय फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिएका छन् । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ५० जनाबाट ३६ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

अलमुताइरीले प्रशिक्षणपछि ५० खेलाडीबाट १४ खेलाडी घटाएर ३१ खेलाडी छनोट गरेका हुन् । बन्द प्रशिक्षणबाट बाहिरिनेमा गोलकिपर विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रबि पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदिल राई रहेका छन् ।

अलमुताइरीले दोस्रो चरणमा १४ खेलाडीलाई टिम बाहिर राख्दै ३६ खेलाडी छनोट गरेको एन्फाले जनाएको छ । प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएका थिए ।