टी–२० विश्वकप: कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तान एकै समूहमा

प्रहर संवाददाता
प्रहर संवाददाता
१ श्रावण २०७८, शुक्रबार १७:३२

काठमाडौं – पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटमा एक पटक फेरि  दुई कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुने भएका छन् । शुक्रवार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले सार्वजनिक गरेको समूह विभाजनमा भारत र पाकिस्तान एकै समूहमा परेको हो ।

आईसीसीले आउँदो टी–२० विश्व कपको पहिलो चरण र ‘सुपर १२’ को समूह सार्वजनिक गरेको हो । ‘सुपर १२’ मा भारत र पाकिस्तान समूह ‘बी’ मा परेका हुन् । यो समूहमा न्युजिल्यान्ड र अफगानिस्तान पनि छन्, साथै पहिलो चरणको शीर्ष दुई टोलीले यस समूहमा स्थान बनाउने छन् ।

यस्तै समूह ‘ए’ मा इङ्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज रहेका छन् । पहिलो चरणको शीर्ष दुई टोलीले पनि यस समूहमा स्थान बनाउने छन् । टी–२० विश्व कप आउँदो अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म यूएई र ओमानमा हुने भएको छ ।