सुनको भाउ सामान्य बढ्यो

प्रहर संवाददाता
प्रहर संवाददाता
४ श्रावण २०७८, सोमबार १४:०९

काठमाडौं – नेपाली बजार सोमबार सुनको भाउ आज सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलाको ९२ हजार ६ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी भने तोलामा ५ रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।